स्व.पुनासिया देवी चौधरी का परिवार लाई किसान बहुउद्देश्यीय सहकारी संस्था ली. ले दियो रु १ लाख ३७ हजार
विज्ञापन
No data was found

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ मा आज किसान बहुउद्देश्यीय सहकारी संस्था सुखड शाखा द्धारा आयोजित श्रद्धाञ्जली सभा तथा सुबिधा वितरण कार्यक्रम मा स्व.पुनासिया देवी चौधरी लाई १ लाख ३७ हजार रकम बराबर को चेक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

__________ विज्ञापन____________

किसान बहुउद्देश्यीय सहकारी संस्था सुखड शाखाका शाखा प्रमुख जनक राज ढुंगाना को अध्यक्षता मा भएको कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर चौधरी प्रमुख अतिथि रहनु भएको थियो।

__________ विज्ञापन____________

कार्यक्रममा मा प्रमुख अतिथि बोल्दै यो सहकारीले अहिले सम्म राम्रो काम गरेको छ। जसमा आज मृतक परिवार लाई रु १ लाख ३७ हजार बराबर को चेक दिएको छ। मृतक परिवार ले यो रकम सहि ठाउँमा प्रयोग गर्नु हुने छ भन्ने आशा राखेको छु। पछिलो समयमा सहकारी बीच नेपाल मा थुप्रै आलोचना चल्दै आएको छ त्यो सत्य होइन किनभने हाम्रो क्षेत्र का सहकारीहरू ले राम्रो काम हरु गर्दौ छन्। सहकारी संस्था भनेको एक हामी हरु को साहरा पनि हो। सहकारी बाट ऋण लगेर काम गर्न सहज पनि छ। सहकारीमा ऋण बिना धितो मा प्रयोग गर्न सकिन्छ भने बैकमा ऋणको लागि कता छ सडक नजिक भएको घर को लालपुर्जा आबश्यक पड्छ। हामी ले यदि कुनै कारण पुरा ऋण तिर्न नसके पछि सहकारी मा ऋण मिना संगै अन्य खर्च स्वरूप संस्था ले दिन्छ भने बैक ले तिन पुस्ता सम्म सताउने गर्द छ। यदि तपाई ले सहकारी बाट ऋण लगेर राम्रो ठाउंमा प्रयोग गर्नु भयो भने त्यो ऋण को किस्ता तिर्न पनि सहज हुन्छ। आज किसान बहुउद्देश्यीय सहकारी संस्था सुखड शाखा की एक जना शेयर सदस्य को लाग्दा आज तपाई हरु संग सहकारी को बिषयमा सिक्ने र बोल्ने अवसर पाए।

यसै गरि कार्यक्रम मा किसान बहुउद्देश्यीय सहकारी संस्था सुखड शाखाका शाखा प्रमुख बोल्दै हाम्रो संस्थामा २०५२ सालमा स्थापना भएको एक सहकारी संस्था हो, अहिले यो संस्था, २ ओटा प्रदेश मा रहेको छ जसमा सुदुर पश्चिम प्रदेश र लुम्बनी प्रदेश मा करीब २०० भन्दा बढी शाखा हरु रहेका छन्। हाम्रो यस संस्था स्थापना गर्दा हामी संग मात्र २५ जना शेयर सदस्य थिए र अहिले २५ हजार भन्दा धेरै। छोटो समयमा संस्थाको विकास का लागि सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद छ। हाम्रो यस संस्था ले शेयर सदस्य को मृत्यु भए पछि रु २५००० दिन्छौ भने सदस्य को भए पछि रु १०००० r यदि उहाँ को श्रीमान को मृत्यु भए पछि हामी ले रु ८००० दिने गर्दछौ। यो संगै थुप्रै सेवा हरु तपाई हरु लाई जानकारी छ।

कार्यक्रम को संचालन धन बहादुर कुँवर ले गर्नु भएको थियो भने कार्यक्रममा शुभकामना मन्तब्य संस्था की सदस्य फुलकुमारी चौधरी,उर्मिला जोशी, शान्ति चौधरी र मृतक परिवार बाट रामलाल चौधरी ले गर्नु भएको थियो।

कार्यक्रम घोडाघोडी नगरपालिका वडा नम्बर ६ को सभा हल मा भएको थियो भने कार्यक्रम मा शेयर सदस्य, कर्मचारी, जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

नेकपा एमालेले वडा केन्द्रिय अभियान आज बर्दगोरिया ४ मा सम्पन्न

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राप्रपले बुझायो महानगर लाई १ लाख जरिवाना

टीकापुर नगरपालिकाका कार्यरत करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रिए

बेलौरी नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष रिजालको निधन

सुदूरपश्चिममा पहिलो पटक बजेटबारे सांसदहरूसँग छलफल

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बौनियाको समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अत्तरियामा स्कुटर दुर्घटना हुँदा प्रहरी सई बोहराको निधन