भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)

बर्दगोरियाको जगदम्बिके भगवती माविका निवर्तमान प्रधानाध्यापक खड्कालाई सम्मानपूर्वक बिदाइ

कैलालीको बर्दगोरिया गाउँपालिका–३ मा रहेको जगदम्बिके भगवती माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक नेत्रबहादुर खड्कालाई अनिवार्य अवकाशपछि सम्मानपूर्वक बिदाइ गरिएको छ। विद्यालयको शैक्षिक उन्नति, विद्यार्थीको भविष्य निर्माण तथा विद्यालयको समग्र विकासमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै खड्कालाई शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजसेवीहरूले सम्मानसहित बिदाइ गरेका हुन्। खड्काले २०६३ सालदेखि विद्यालयको प्रधानाध्यापकका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँले प्रधानाध्यापकको जिम्मेवारी […]

सत्ती भन्सार कार्यालयमा ८० लाख ३३ हजार रुपैयाँ बराबरका अवैध मालवस्तु नष्ट

खेमराज पाण्डेय, टीकापुर, कैलाली । सत्ती भन्सार कार्यालयले चोरी–पैठारी तथा निकासीको अभियोगमा विभिन्न मितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट दाखिला भएका करिब ८० लाख ३३ हजार रुपैयाँ बराबरका लिलाम गर्न नमिल्ने मालवस्तु नष्ट गरेको छ। भन्सार कार्यालयका अनुसार मुद्दामा रहेका तथा लिलाम गर्न नमिल्ने सुर्तीजन्य पदार्थअन्तर्गत सुर्ती, बिँडी, गुट्खा, चुरोट, तमाखु र पान […]

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

थिरेन्द्र बडुवाल, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ६ को सीमाना नजिकै खेतबारीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडा निवासी ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला परेका हुन्। प्राप्त जानकारीअनुसार मानसिक रूपमा कमजोर रहेका डंगौरा बिहिबार देखि हराइरहेका थिए। हराएको भोलिपल्ट उनको शव खेतबारीमा फेला परेको हो। घटनाबारे जानकारी पाएपछि […]