बिद्यालय स्तरिय फुटबल प्रतियोगिता जारि,आज पाँच खेल हुने

राजेन्द्र रावल मंसिर २२, बाैनिया

__________ विज्ञापन____________

बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काेटागढि खेलमैदानमा जारी कैलाली जिल्ला व्यापि छात्र तथा छात्रा बिद्यालय स्तरिय फुटबल प्रतियोगिता २०८१ मा आज पाँच खेल हुने भएका छन् ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

आयाेजक बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसका अध्यक्ष प्रमाेद मल्लले दिएको जानकारी अनुसार पहिलो खेलमा बिहान ८ बजे आदर्श सामुदायिक बिद्या मन्दिर बाैनिया र जगत तारा इग्लिस स्कुल बाैनिया बिच प्रतिस्पर्धा हुदा दाेस्राे खेल बिहान ९:३० बजे खडक मेमोरियल टिकापुर र कालिका माध्यमिक बिद्यालय नाैनिया बिच प्रतिस्पर्धा हुनेछ यी दुबै खेल छात्र तर्फकाे रहदा दिनको तेस्रो खेल बिहान ११ बजे सत्यवति अत्तरिया र मार्ग दर्शन बाैनियाले खेल्दा दिनको चाैथाे खेलमा उज्यालो शिक्षा सदन लम्कि र बालकल्याण लम्कि बिच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । तेस्रो र चाैथाे खेल छात्रा समुहका हुदा दिनकाे अन्तिम खेल दिउँसो २:३० बजे कान्तिराज्य लक्ष्मी माध्यमिक बिद्यालय पहलमानपुरका बिरुद्ध सत्यवति अत्तरिया बिच हुनेछ त्यो खेल छात्र तर्फकाे रहनेछ ।

पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा जिल्ला भित्रका सामुदायिक र संस्थागत गरि ३२ छात्र र १६ छात्राका टिम सहभागी रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार स्वरूप प्राप्त गर्ने छ । यस्तै द्धितिय हुने टिमले नगद रु. ३१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले पुरस्कार स्वरुप नगद रु ५ हजार ५ सय प्राप्त गर्नेछन ।           

यस्तै प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गाेल रक्षक, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडी हरुले समेत पुरस्कार स्वरुप नगद रु. ३ हजार १ सय रुपैयाँ प्राप्त प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।

यस्तै प्रतियोगिताको दोस्रो चरणका खेलहरुमा प्लेयर अफ द म्याच हुने खेलाडी लाई नगद रु. ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । सम्पूर्ण पुरस्कार हरु छात्र तथा छात्रा दुवै बिधामा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान