दैलेखको पाल्तमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत २५ महिलालाई बाख्रा वितरण

कमल शाही दैलेख, जेठ ११ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. १ पाल्तमा संघीयतापछि पहिलोपटक सञ्चालन गरिएको राष्ट्रपति महिला उत्थान जीविकोपार्जन कार्यक्रमअन्तर्गत २५ जना महिला दिदीबहिनीहरूलाई बिउपूँजी स्वरूप बाख्रा वितरण गरिएको छ। महिलाहरूको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममार्फत विपन्न तथा आयआर्जनका अवसरबाट वञ्चित महिलाहरूलाई आत्मनिर्भर बनाउने […]