भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ

कमल शाही दैलेख, वैशाख २८ गते । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार अध्यक्ष शाहीविरुद्ध ५ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको उजुरी परेको थियो। सोही आधारमा प्रहरीले […]