दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

कमल शाही दैलेख । दैलेख जिल्ला अब पूर्ण रूपमा विद्युतको पहुँचमा पुगेको छ। जिल्लाका जम्मा ९० वडामध्ये विद्युत सेवा नपुगेको अन्तिम वडा आठबिस नगरपालिका–५ मालाचौरमा विद्युत सेवा सञ्चालनमा आएसँगै सबै वडामा औपचारिक रूपमा विद्युत पुगेको हो।

__________ विज्ञापन____________

दैलेख विद्युत वितरण केन्द्रका अनुसार यसअघि ८८ वडामा विद्युत विस्तारको काम सम्पन्न भइसकेको थियो भने महाबु गाउँपालिका–६ मा पनि विद्युत विस्तारको काम सम्पन्न भई हाल मिटर जडानको प्रक्रिया भइरहेको छ। मालाचौरमा विद्युत सेवा सञ्चालन भएसँगै जिल्लाका सबै वडामा विद्युत सेवा पुगेको वितरण केन्द्रले जनाएको छ।

__________ विज्ञापन____________

यद्यपि, जिल्लाका केही दुर्गम गाउँबस्तीहरूमा अझै विद्युत सेवा नपुगेकाले ती स्थानहरूमा विद्युत विस्तारको काम तीव्र रूपमा अगाडि बढाइएको छ। मालाचौर क्षेत्रमा नियमित बजेटमार्फत काम भइरहेको छ भने अन्य बस्तीहरूमा टेन्डर प्रक्रियामार्फत विद्युत विस्तारको काम भइरहेको बताइएको छ।
त्यसैगरी, चामुण्डा–विन्द्रासैनी नगरपालिकामा नगरपालिकाको तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा विद्युत विस्तारको काम भइरहेको छ। पोल अभावका कारण केही ढिलाइ भए पनि काम निरन्तर रूपमा अघि बढिरहेको वितरण केन्द्रले जनाएको छ।

__________ विज्ञापन____________

विद्युत नपुगेका बस्तीहरूमा विद्युत कार्यालयले आवश्यक स्टिमेट तयार गरी योजना अघि बढाइरहेको जनाएको छ। हाल एक परियोजना जिल्लास्तरबाट, दुई परियोजना प्रदेशस्तरबाट तथा एक परियोजना सम्झौता प्रक्रियामा रहेको जानकारी दैलेख विद्युत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले दिएका छन्। यी सबै योजना सम्पन्न भएपछि जिल्लाका सम्पूर्ण बस्तीमा विद्युत सेवा पुग्ने उनको भनाइ छ।

सामुदायिक ग्रामीण विद्युत विभाग, काठमाडौंमार्फत पनि विद्युत विस्तारको काम भइरहेको छ। महाबु गाउँपालिका–६ मा करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने टाकुरी क्षेत्रमा केही काम बाँकी रहेको छ।

विद्युत विस्तारसँगै दैलेख जिल्लाका ग्रामीण बस्तीहरूमा विकास, शिक्षा, स्वास्थ्य तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न