दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

कमल शाही दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको बिन्द्रासैनी स्वास्थ्य चौकी अब केही समयपछि १५ शय्याको नगर अस्पतालका रूपमा सञ्चालनमा आउने तयारीमा छ । वर्षौँदेखि सामान्य उपचारमै सीमित स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै नगर अस्पताल सञ्चालन गर्ने नगरपालिकाको निर्णयलाई स्थानीयवासीले नयाँ आशाका रूपमा हेरेका छन् । शुक्रवार सम्पन्न चामुण्डाविन्द्रासैनी नगरपालिकाको १८ औँ नगर सभाले नगर अस्पताल सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै योजना औपचारिक रूपमा अघि बढेको हो ।

__________ विज्ञापन____________

नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद स्थानीय नागरिकलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताइएको छ । यो निर्णयले विगतको एउटा तितो यथार्थलाई पनि सम्झाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा सङ्घीय सरकारले १५ शय्याको अस्पताल निर्माणका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरी काम सुरु गरेको थियो । ठुला अपेक्षासहित सुरु भएको उक्त अस्पताल निर्माण हाल अलपत्र अवस्थामा छ ।

__________ विज्ञापन____________

१८ औँ नगर सभामा नगर प्रमुख गणेशकुमार शाहीले नगर अस्पताल सञ्चालन नगरपालिकाको आवश्यकता भएको उल्लेख गरे । सङ्घीय तहबाट सुरु भएको अस्पताल निर्माण सम्पन्न नहुँदा पनि नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आफ्नै पहलमा सेवा विस्तार गर्नुपरेको उनको भनाइ छ । नगर सभामा उप–प्रमुख मनसराकुमारी शर्माले संशोधित आर्थिक ऐन पेस गर्दै स्वास्थ्य क्षेत्रलाई समेटेर नगरपालिकाको आर्थिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको बताइन् ।

__________ विज्ञापन____________

संशोधित ऐनमार्फत विकास र सेवा प्रवाहलाई सन्तुलित ढङ्गले अघि बढाइने जनाइएको छ । यस्तै, प्रमुख प्रशासकीय अधिकृत भलराम पंगालीले नगर अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया, पूर्वाधार र जनशक्ति व्यवस्थापन चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिए । नगर सभाबाट विनियोजित बजेट कार्यान्वयन गरी छिट्टै नगर अस्पताल सञ्चालनको तयारी थालिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न