नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नं. १ बाट जेन्जी युवा तपेन्द्र शाह सिफारिस

कैलाली । नेपाली कम्युनिस्ट पार्टी कैलाली क्षेत्र नं. १ ले कैलालीको जानकी गाउँपालिका–४ निवासी जेन्जी युवा अखिल (क्रान्तिकारी) का कैलाली जिल्ला अध्यक्ष तपेन्द्र शाहलाई यहि फागुन २१ गते हने प्रतिनिधि सभाको निर्वाचनको लगि जेनजि युवा बाट सिफारिस गरेको छ।

__________ विज्ञापन____________

पार्टीको क्षेत्रीय तहमा सम्पन्न छलफल तथा आन्तरिक परामर्शपछि शाहलाई सिफारिस गरिएको पार्टीले जनाएको छ।

__________ विज्ञापन____________

शाह वि.सं. २०७२ सालदेखि टिकापुरस्थित वीरेंद्र माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहँदा अखिल (क्रान्तिकारी) मा संगठित भएका थिए। त्यसयता उनी लामो समयदेखि विद्यार्थी आन्दोलन तथा पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका छन्। पार्टीभित्र उनी एक प्रतिबद्ध, क्रियाशील तथा संगठनात्मक क्षमता भएका नेताका रूपमा परिचित छन्।

__________ विज्ञापन____________

विद्यार्थी संगठन तथा पार्टी संगठनलाई मजबुत बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शाहको सिफारिसले कैलाली क्षेत्र नं. १ मा पार्टी गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ।

पार्टी स्रोतका अनुसार सिफारिससम्बन्धी प्रक्रिया केन्द्रीय निर्णयका लागि पठाइसकिएको छ भने अन्तिम निर्णय पार्टी नेतृत्वबाट हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न