दैलेखमा छोरीकाे कुटपिटबाट बुबाको मृत्यु

कमल शाही। दैलेखको नौमुले गाउँपालिका–५ गजमालीमा छोरीले कुटपिट गर्दा ६५ वर्षीय धनबहादुर रामजाली मगरको मृत्यु भएको छ। २२ गते साँझ घरमै मदिरा सेवन गरी कुटपिट गरेपछि घाइते बुवाको उपचारको क्रममा मृत्यु भएकोे हो ।

__________ विज्ञापन____________

प्रहरीका अनुसार विवाहविच्छेद भई माइत बसेकी २७ वर्षीया तिर्सना रामजाली मगरले मदिराको नशामा काठको चिरपटले टाउकोमा प्रहार गरेपछि धनबहादुर गम्भीर घाइते भएका थिए। घाइतेलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र नौमुले पुर्‍याइए पनि उपचारका क्रममा साँझ सोही दिन साझ मृत्यु भएको प्रहरीले जनाएको छ।

__________ विज्ञापन____________

घटनास्थल प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा पाँच जनाको टोली खटिएको थियो। घटना स्थल जि.प्र.का. नौमुले कार्यालयबाट करिब २ किलोमिटर उत्तर–पूर्वमा पर्ने जनाइएको छ।

__________ विज्ञापन____________

मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेबाट राति ८:१५ बजे जिल्ला अस्पताल दैलेख लगिएको छ। कुटपिटमा संलग्न तिर्सना रामजाली मगरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरी नियन्त्रणमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान