सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै जेन्जी अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक संकटको समाधान सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनमार्फत मात्र सम्भव हुने विचार व्यक्त गरेका छन्।

__________ विज्ञापन____________

किरणका अनुसार अहिलेको सरकार कु प्रक्रियामार्फत बनेको हुँदा यसले देशमा थप अस्थिरता, अनिश्चितता र शासनप्रति अविश्वास बढाइरहेको छ। भाद्र २३ र २४ गते युवापुस्ताले सुरु गरेको विद्रोहलाई आत्मसात गर्ने कि नबुझेर कोट्याउने भन्ने प्रश्नमा उनले स्पष्ट चेतावनी दिँदै भने “विद्रोहलाई अपमान गर्ने या कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।”

__________ विज्ञापन____________

उनले सुशीला कार्की र ओम प्रकाश अर्याल नेतृत्वको समूहले राज्यविहिनताको अवसर लिएर सत्ता कब्जा गरेको आरोपसमेत लगाए।

__________ विज्ञापन____________

सरकार बनेपछि देखिएका निर्णय र काण्डसम्बन्धी उदाहरण प्रस्तुत गर्दै किरणले भने—

अर्थमन्त्रीद्वारा डोल्मालाई दिइएको कर छुट,

ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड घाटा हुनेगरी गरेको विद्युत् सम्झौता,

१६–१७ वर्षका किशोरीलाई बेहोस बनाएर डिम्बे बिक्री गर्ने गिरोहलाई महान्यायाधिवक्ताद्वारा उन्मुक्ति,

गृहमन्त्रीले काकालाई डीआइजी बनाउन दरबन्दी थपेको घटना,

प्रधानमन्त्रीका सोकीय सचिवले आफ्ना आसेपासेलाई दिइएको राजनीतिक नियुक्ति

यी सबै घटना सरकारले भ्रष्टाचार र लुटतन्त्रलाई संस्थागत गरेको स्पष्ट प्रमाण भएको उनको जिकिर थियो।

किरणले विद्यमान राजनीतिक दलभित्रका निष्ठावान तथा सुधारवादी नेताहरू, जेन्जी पुस्ता र असन्तुष्ट जनसमुदायलाई एउटै मोर्चामा समेटेर सर्वपक्षीय सरकार निर्माण गर्दै संविधान पुनर्लेखनमा अघि बढ्नुपर्ने आफ्नो माग दोहोर्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान