जुनियरलाई हाकिम बनाएका साउँद झुके : रावल हाकिमबाट आउट–रेग्मीलाई जिम्मेवारी

अछाम : बान्नीगढी जयगढ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्व परिवर्तन गरिएको छ।

__________ विज्ञापन____________

आज बसेको गाउँपालिकाको कार्यपालिका बैठकले छैटौँ तहका वसन्त रावललाई हटाएर सातौँ तहका झनक रेग्मीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

__________ विज्ञापन____________

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले सिनियर कर्मचारीलाई छाडेर जुनियर कर्मचारीलाई आर्थिक अख्तियारीसहित हाकिम बनाएको भन्दै निरन्तर आलोचना हुँदै आएको थियो ।

__________ विज्ञापन____________

यसअघि गाउँपालिका अध्यक्ष साउँदले पालिकामा ९ तहका कर्मचारी आए पनि आफू नजिकका वसन्त रावललाई नै हाकिम बनाइराख्ने बताउने गरेको बिषय चर्मामा आएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममै हाकिम नियुक्तिसम्बन्धी विषय उठ्नुका साथै चौतर्फी आलोचना हुन थालेपछि अध्यक्ष साउँद अन्ततः आफ्नो अडानबाट पछि हट्न बाध्य बनेको बुझिएको छ।

यस निर्णयसँगै अब झनक रेग्मीले गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान