मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था बौनिया, कैलाली शाखाको केन्द्र नम्बर १३ मखमली महिला केन्द्रमा आबद्ध सदस्य कला भण्डारीका श्रीमानलाई सदस्य कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।

मृत्यु भएका सदस्य भण्डारीका श्रीमान पदमाखर भण्डारीलाई बीमा बापत ३ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
__________ विज्ञापन____________

हस्तान्तरण कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा न. ५ का वडा सदस्य कोशी परियारले हस्तान्तरण गरेका हुन। सो कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधि तथा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा मृतकको नाममा वृक्षारोपण समेत गरिएको छ ।
भिजिटर संख्या : 253