दैलेख मा अपाङ्गता भएकालाई घरमै सामग्री

कमल शाही दैलेख । दैलेखमा एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाले अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि घरमै पुगेर ह्विलचियर वितरण गरिएको हो ।

__________ विज्ञापन____________

अपाङ्गता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनीहरूको आवश्यकता पहिचान गरी दुल्लु नगरपालिका –५ का मिलन पोखरेलाई  ह्विलचियर सहयोग गरेको एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाका जिल्ला संयोजक भुपेन्द्र खत्रीले बताउनुभयो ।

__________ विज्ञापन____________

उहाँले कूल ३८ हजार बराबरको बजेटमा ह्विलचियर सहयोग गरिएको जानकारी  दिनुभयो । उहाँले विद्यालय जान नसक्ने भएकाले शिक्षामा पहुँच राख्नका लागि परियोजनाले ह्विलचियर सहयोग गरेको बताउनुभयो । उहाँले घरमै इन्टरनेट जडान गरी अनलाइनमार्फत पढ्ने व्यवस्था मिलाएको बताउनुभयो ।

__________ विज्ञापन____________

अपाङ्गता भएका  ह्वीलचियर नहुँदा हातले टेकेर हिँड्नुपरेको कक्षा १०मा अध्ययनरत मिलन पोखरेलले बताउनुभयो । उहाँले दुबै खुट्टामा हिड्डुलमा समस्या भएपछि घर बसेर अनलाइनमार्फत पढ्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले अबदेखि ह्वीलचियर पाएपछि विद्यालय जान सहज हुने बताउनुभयो । पोखरेलले भन्नुभयो“आफू दुई बर्ष दुई वटा नै खुटा नचल्ने अवस्थामा पुगेर मेरो यस्तो अवस्था भयो” आर्थिेक अभावका कारण राम्रो अस्पतालमा गएर उपचार गर्न नसकेकाले सबैलाई सहयोगको अपिल गर्नुभयो ।

यस्तै, समाजमा असक्त भएकाहरुलाई स्थानीय सरकारसँगै सामाजिक क्षेत्रका संघ संस्थाहरुले सहयोग गर्नुपर्ने दुल्लु नगरपालिकाका मेयर भरतप्रसाद रिजालले बताउनुभयो । उहाँले नगरपालिकाले उपचारका लागि सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस प्रकारका राहत वितरणले विशेषगरी आर्थिक समस्यामा रहेका र अन्य सामाजिक चुनौतीहरुको सामना गरिरहेका व्यक्तिहरुलाई सघाउन महत्वुपर्ण भूमिका रहने नगरप्रमुख रिजालले उल्लेख गर्नभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा छोरीकाे कुटपिटबाट बुबाको मृत्यु

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

देउवा दम्पतीलाई भेट्न राधिका शाक्य लिएर महाराजगन्ज पुगे ओली

दैलेखको पञ्चकोशी क्षेत्रको विकास र प्रचारका समितिको संयोजकमा युवा नेता योगी

एमाले डोटीका युवा बम बहादुर बम राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

साना किसानको २० औ साधारण सभामा भए बर्दगोरिया ५ का वडा सचिब राम प्रसाद देबकोटा लाई सम्मानित

साना किसान कृषि सहकारी संस्था लिमिटेड बौनियाको २० औँ वार्षिक साधारण सभा तथा प्रशासकिय भवन उद्धाटन कार्यक्रम सम्पन्न

दैलेखमा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण