कैलालीका सिडिओ कृष्णप्रसाद लम्सालको सरुवा, हिरालाल रेग्मी नयाँ सिडिओ नियुक्त
कैलाली — गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवा गरेसँगै कैलालीका सिडिओ कृष्णप्रसाद लम्साल पनि सरुवामा परेका छन्।
मन्त्रालयले एकैपटक ३० जना सिडिओको सरुवा गरेको हो।
कैलालीमा लम्सालको स्थानमा हिरालाल रेग्मीलाई नयाँ सिडिओका रूपमा पठाइएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका अछाम र डडेल्धुराका सिडिओहरू पनि परिवर्तन गरिएको गृह मन्त्रालयले जनाएको छ।
अछामका सिडिओ आनन्द सारुलाई सरुवा गरी विष्णुप्रसाद कोइराला पठाइएका छन् भने
डडेल्धुराका सिडिओ जनार्दन गौतमलाई सरुवा गरी हालका लागि स्थान खाली राखिएको छ।
सरुवा भएका सिडिओहरूले निकट भविष्यमै नयाँ कार्यस्थलमा जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा छोरीकाे कुटपिटबाट बुबाको मृत्यु

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

देउवा दम्पतीलाई भेट्न राधिका शाक्य लिएर महाराजगन्ज पुगे ओली

दैलेखको पञ्चकोशी क्षेत्रको विकास र प्रचारका समितिको संयोजकमा युवा नेता योगी

एमाले डोटीका युवा बम बहादुर बम राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

साना किसानको २० औ साधारण सभामा भए बर्दगोरिया ५ का वडा सचिब राम प्रसाद देबकोटा लाई सम्मानित

साना किसान कृषि सहकारी संस्था लिमिटेड बौनियाको २० औँ वार्षिक साधारण सभा तथा प्रशासकिय भवन उद्धाटन कार्यक्रम सम्पन्न

दैलेखमा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण