दैलेखको चामुण्डाबिन्द्रासैनी–५ मा भैली मेलाको ऐतिहासिक रौनक

भाई टिकाको राति देखी भोलिपल्ट दिनभर लाग्ने उक्त मेलाको अवसरमा रातभर बस्तेकोट क्षेत्रका विभिन्न ७ वटा गाउँटोलहरुमा घरघर भैली खेल्ने र विहान भएपछि खापरस्थान मन्दिरमा पुगि वृहतरुपमा भैली खेल्ने परम्परागत प्रचलन विद्यमान छ । तर विगतका दिनहरुमा उक्त प्रचलनमा केहि कमी आए पनि यतिबेला स्थानिय युवाहरुको सक्रियताका कारण भैलीमेलाले सार्थकता पाएको छ ।

__________ विज्ञापन____________

चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ५ को समन्वयमा बस्तेकोट क्षेत्रका युवाहरु एक हुँदै सहयोग रकम संकलन गर्दै भैली र मेलालाई व्यवस्थापन गरिएको छ । जसले गर्दा लोपहुन लागेको भैली परम्परा लगाएत खापरस्थान मेलाको रौनकतामा वृद्धि भएको छ । उक्त भैलीमेलालाई व्यवस्थापन गर्न युवाहरुको ठुलो साथ सहयोग र भुमिका रहनुका साथै आफुहरुले समेत ठुलो जिम्मेवारी महशुस गरेको भैली मेला व्यवस्थाप मुल समितिका अध्यक्ष मिलन कार्की तथा उपाध्यक्ष लक्ष्मी रेग्मीको भनाई रहेको छ ।

__________ विज्ञापन____________

त्यसो त वडा कार्यालयले समेत उक्त भैलीमेला लाई व्यवस्थापनमा आवश्यक सहकार्य गरेको छ । वडा भित्रका हरेक सँस्कृतिहरुलाई व्यवस्थापनका लागि युवाहरुको माग बमोजिम आर्थिक सहयोग लगाएत कामहरु गरेको वडाध्यक्ष हस्त प्रसाद शर्माले बताउनुभयो । उक्त भैली मेलाको संयोजक जय बहादुर कार्की रहनुभएको थियो ।

__________ विज्ञापन____________

यसरी पछिल्लो समय लोपहुदैँ गरेका हरेक सँस्कृति संरक्षण लगाएत सकारात्मक गतिविधिमा युवाहरुको हातेमालो र चासो लाई सकारात्मक रुपमा लिदैँ राज्यका हरेक गतिविधिहरुमा युवाहरुलाई समाहित गर्न सके समुन्नत समाजको निर्माण हुनेमा दुई मत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा छोरीकाे कुटपिटबाट बुबाको मृत्यु

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

देउवा दम्पतीलाई भेट्न राधिका शाक्य लिएर महाराजगन्ज पुगे ओली

दैलेखको पञ्चकोशी क्षेत्रको विकास र प्रचारका समितिको संयोजकमा युवा नेता योगी

एमाले डोटीका युवा बम बहादुर बम राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

साना किसानको २० औ साधारण सभामा भए बर्दगोरिया ५ का वडा सचिब राम प्रसाद देबकोटा लाई सम्मानित

साना किसान कृषि सहकारी संस्था लिमिटेड बौनियाको २० औँ वार्षिक साधारण सभा तथा प्रशासकिय भवन उद्धाटन कार्यक्रम सम्पन्न

दैलेखमा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण