जेन्जी आन्दोलनका कारण रोकिएको मृत्यु किरिया खर्च रकम पालिका अध्यक्ष कुँवरद्वारा हस्तान्तरण

कैलालीको बर्दगोरिया गाउँपालिकाले नागरिकलाई मृत्यु पश्चात् दिदै आएको किरिया खर्च रकम जेन्जी आन्दोलनका क्रममा रोकिएको रकम पुन हस्तान्तरण गरिएको छ ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले मृतकका आफ्न्तलाई पालिकामा बोलाएर नगद १० हजार रकम हस्तान्तरण गरेका हुन ।

__________ विज्ञापन____________

भदौ २३ र २४ गतेको आन्दोलन पश्चात् बर्दगोरियामा करिब १० जनाको मृत्यु भएको थियो । सो रकम निकासा नभएका कारण आईतवार पालिकामा हस्तान्तरण गरेका हुन ।

बर्दगोरिया गाउँपालिकाले मृत्यु पश्चात् दिइने सम्पुर्ण सेवा दिदै आएको छ । शव चिस्यान देखि मृत्यु पस्चात क्रिया खर्च बापत नगद १० हजार आर्थिक सहयोग गर्दै आएको छ ।

पालिकाले आफ्नै महा प्रस्थान यान संचालन गरि सवलाई आर्यघाट सम्म पुगाने काम पनि गर्दै आएको छ । साथै पालिकाले दुर्घटना ,अकाल र भवितव्य भएर मृत्यु भएका मृत शरीरलाई पोस्टमार्टम गर्नका लागि शब बहान संचालन संगै शवलाई पोस्टमार्टम गर्दै आएको छ । हाल सम्म बर्दगोरिया गाउँपालिकाको दोदोधरा अस्पतालले १४ जनाको पोस्टमार्टम गरि सकेको छ । बर्दगोरियामा पोस्टमार्टम सेवा संचालन हुनु पुर्व शवलाई धनगढी वा टिकापुर लिनु पर्ने बाध्याता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

मृतक परिवारलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले बिमा बाफत ३ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण

प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स लाई चौथो बर्दगोरिया गा. पा वडा नम्बर ५ वडा स्तरीय फूटबल प्रतियोगिता को उपाधि

दैलेख मा अपाङ्गता भएकालाई घरमै सामग्री

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश

रोयल डान्स स्टुडियोले देउसी भैलो कार्यक्रमबाट सहारा घर लाई खाद्यान्न समाग्री सहयोग

दैलेखको चामुण्डाबिन्द्रासैनीमा महिला–पुरुष भलिबल प्रतियोगिता सुरु

कैलालीका सिडिओ कृष्णप्रसाद लम्सालको सरुवा, हिरालाल रेग्मी नयाँ सिडिओ नियुक्त

दैलेखको चामुण्डाबिन्द्रासैनी–५ मा भैली मेलाको ऐतिहासिक रौनक