दल दर्ताका लागि हर्क साम्पाङले दिए आयोगमा निवेदन

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि उनले यही असोज ७ गते आयोगमा निवदेन दर्ता गराएको आयोग उच्च स्रोतले जनाएको छ । उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको स्रोतको भनाइ छ ।

__________ विज्ञापन____________

यस्तै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पनि आफू संयोजक रहने गरी नेपाल नागरिक पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । भण्डारीले यही असोज ९ गते आयोगमा निवेदन दिएका हुन् ।

__________ विज्ञापन____________

चालू आर्थिक वर्षको सुरूमा उज्यालो नेपाल पार्टी दर्ताका लागि पनि निवेदन दर्ता भइसकेको छ । गत साउन २७ मा उक्त दल दर्ताका लागि आयोगमा निवदेन परेको हो ।

__________ विज्ञापन____________

चालू आर्थिक वर्षमा दल दर्ताका लागि निवेदन परेका ३ वटा निवेदनमाथि अहिले जाँचबुझ भइरहेको आयोगले जनाएको छ । आएका निवेदनमाथि राजनीतिक दल दर्ता सम्बन्धी ऐन तथा नियमावली अनुसार आवश्यक प्रमाण पुगे/नपुगेको आयोगले अध्ययन गरिरहेको छ ।

आयोगले प्रमाण नपुगेको, विवरण सच्याउनुपर्ने भए सुधार तथा परिमार्जनका लागि सम्बन्धित दल दर्ताका लागि निवेदन दिनेलाई पत्राचार गर्नेछ । प्रक्रिया पूरा गरेर निवेदन पेश भएको भए दल दर्ता गर्नेछ । निवेदन दिएको ४५ दिनभित्र आयोगले दल दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा ४४.५४% मतदान, दुईवटै क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न

यो र्याली हेर्दा मलाई सबै समुदायकाले साथ सपोर्ट दिए : बिजय बहादुर स्वार

दैलेखमा ट्रिपर दुर्घटना: सल्यानका २७ वर्षीय चालकको मृत्यु

दैलेख क्षेत्र नं. २ मा १०४ मतदान अधिकृतलाई तालिम

कैलाली–२ मा मतदाता शिक्षा कार्यक्रम तीव्र, विजय बहादुर स्वाँरको पक्षमा माहोल सिर्जना

त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

बर्दगोरिया मन्दिर चोकमा लागूऔषधसहित दुई जना पक्राउ,

निर्वाचित भएपछि हरेक तीन महिनामा जनतामाँझ फर्किनेछु ढुगांना