दल दर्ताका लागि हर्क साम्पाङले दिए आयोगमा निवेदन

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि उनले यही असोज ७ गते आयोगमा निवदेन दर्ता गराएको आयोग उच्च स्रोतले जनाएको छ । उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको स्रोतको भनाइ छ ।

__________ विज्ञापन____________

यस्तै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पनि आफू संयोजक रहने गरी नेपाल नागरिक पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । भण्डारीले यही असोज ९ गते आयोगमा निवेदन दिएका हुन् ।

__________ विज्ञापन____________

चालू आर्थिक वर्षको सुरूमा उज्यालो नेपाल पार्टी दर्ताका लागि पनि निवेदन दर्ता भइसकेको छ । गत साउन २७ मा उक्त दल दर्ताका लागि आयोगमा निवदेन परेको हो ।

__________ विज्ञापन____________

चालू आर्थिक वर्षमा दल दर्ताका लागि निवेदन परेका ३ वटा निवेदनमाथि अहिले जाँचबुझ भइरहेको आयोगले जनाएको छ । आएका निवेदनमाथि राजनीतिक दल दर्ता सम्बन्धी ऐन तथा नियमावली अनुसार आवश्यक प्रमाण पुगे/नपुगेको आयोगले अध्ययन गरिरहेको छ ।

आयोगले प्रमाण नपुगेको, विवरण सच्याउनुपर्ने भए सुधार तथा परिमार्जनका लागि सम्बन्धित दल दर्ताका लागि निवेदन दिनेलाई पत्राचार गर्नेछ । प्रक्रिया पूरा गरेर निवेदन पेश भएको भए दल दर्ता गर्नेछ । निवेदन दिएको ४५ दिनभित्र आयोगले दल दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

मृतक परिवारलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले बिमा बाफत ३ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण

प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स लाई चौथो बर्दगोरिया गा. पा वडा नम्बर ५ वडा स्तरीय फूटबल प्रतियोगिता को उपाधि

दैलेख मा अपाङ्गता भएकालाई घरमै सामग्री

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश

रोयल डान्स स्टुडियोले देउसी भैलो कार्यक्रमबाट सहारा घर लाई खाद्यान्न समाग्री सहयोग

दैलेखको चामुण्डाबिन्द्रासैनीमा महिला–पुरुष भलिबल प्रतियोगिता सुरु

कैलालीका सिडिओ कृष्णप्रसाद लम्सालको सरुवा, हिरालाल रेग्मी नयाँ सिडिओ नियुक्त

दैलेखको चामुण्डाबिन्द्रासैनी–५ मा भैली मेलाको ऐतिहासिक रौनक