सिद्धार्थ बैंक बौनिया शाखाले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत बर्दगोरिया स्थित सहारा घरलाई १० वटा आराम बेन्च सहयोग गरेको छ ।
मानसिक अपांगता भएका व्यक्तिहरूलाई आश्रय, पालन–पोषण र देखभाल गर्दै आएका बलबहादुर विष्टद्वारा सञ्चालित सहारा घरलाई यस सहयोगले थप सहजता पुर्याउने विश्वास लिइएको छ।

गत वर्ष पनि बैंकको बौनिया शाखाले बर्दगोरिया गाउँपालिकाभित्र रहेका १० वटा सामुदायिक विद्यालयमा आवश्यकता पहिचान गरि दुई/दुईवटा वायो सेण्ड फिल्टर प्रदान गरेको थियो।
यस पटकको सहयोगपछि सहारा घरका सञ्चालक विष्टले बैंकप्रति आभार व्यक्त गर्दै सहयोगले संस्थाको दैनिकीमा ठूलो सहयोग पुग्ने बताए।

हस्तान्तरण कार्यक्रममा बर्दगोरिया गाउँपालिका–२ का वडा अध्यक्ष गोबिन्द बिक, सिद्धार्थ बैंक बौनिया साखाका साखा प्रबन्धक प्रकृति शान्त ठकुराठी,बैंकका कर्मचारी,सहारा घरका अन्य पदाधिकारी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।यो सहारा घरमा अहिले करिब १ सय बढी आश्रीत छ्न ।