कमल शाही । बर्दगोरिया गाउँपालिकाको ५ नम्बर वडा कार्यालयमा जेन्जीहरूले तोडफोड तथा आगजनी गरेका छन्। घटनामा कार्यालय भित्र रहेको कम्प्युटर सेट, सिसिटिभी, शौचालय, ए. सी अन्य सामग्रीसँगै सिसाहरू पनि तोडफोड गरिएका छन्। प्रशासनिक कार्य प्रभावित भएको छ।

घटनापछि बेलुका सहयोगी बेलुवा युवा क्लब का अध्यक्ष महेश रावलको नेतृत्वमा रहेको टिम कार्यालयमा पुगेर शनिबार सरसफाई कार्य सम्पन्न गरेको छ। त्यसैगरी, बापुबहु आएमिक युवा परिवार को टोलीले पनि कार्यालय सरसफाईमा सक्रिय सहयोग गरेको छ। दुई टोलीको पहलले कार्यालयलाई पुन सञ्चालनयोग्य बनाउन योगदान दिएको छ।

स्थानीय प्रशासनले घटनाको छानबिन गर्दै सुरक्षा व्यवस्था बलियो पार्न आवश्यक कदम चालिरहेको छ। जिम्मेवार व्यक्तिहरू विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। प्रशासनले जनतालाई शान्ति र संयम राख्न अपिल गरेको छ।

युवाहरूको सक्रिय सहयोगले संकटको समयमा एकताको उदाहरण प्रस्तुत भएको छ। कार्यालयलाई छिटो सेवा दिन सुचारु पार्न आवश्यक तयारी भइरहेको छ।