सुदूरपश्चिमका मुख्यमन्त्री शाहाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर राजीनामा दिन निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्।

__________ विज्ञापन____________

नागरिक उन्मुक्ति पार्टीबाट जेठ ४ गते वन मन्त्रीमा नियुक्त भएका चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएका हुन।

__________ विज्ञापन____________

मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रती असन्तुष्ट थिए। तर, कैलाली र कञ्चपुरमा पावर टेलर ट्याक्टर अनुदानमा वितरण गर्ने भन्दै ठगीमा मन्त्रीकाे पनि सङ्लग्नता देखिएकाले राजीनामा मागिएकाे हाे।

__________ विज्ञापन____________

मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी आन्तरिक परामर्शमा जुटेका छन्। नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुसँग उनी परामर्श गरिरहेका छन्। रामेश्वर चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेका बुजिएकाे छ। यो प्रकरणमा संलग्न सुराे नेपालकी अध्यक्ष सुशिला खड्कासहितका केहीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेरकाे छ। उनी विरुद्व कैलाली प्रहरीमा समेत जाहेरी दर्ता भएका छन।

तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दीगो वन व्यवस्थापन कार्यविधीमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा ४४.५४% मतदान, दुईवटै क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न

यो र्याली हेर्दा मलाई सबै समुदायकाले साथ सपोर्ट दिए : बिजय बहादुर स्वार

दैलेखमा ट्रिपर दुर्घटना: सल्यानका २७ वर्षीय चालकको मृत्यु

दैलेख क्षेत्र नं. २ मा १०४ मतदान अधिकृतलाई तालिम

कैलाली–२ मा मतदाता शिक्षा कार्यक्रम तीव्र, विजय बहादुर स्वाँरको पक्षमा माहोल सिर्जना

त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

बर्दगोरिया मन्दिर चोकमा लागूऔषधसहित दुई जना पक्राउ,

निर्वाचित भएपछि हरेक तीन महिनामा जनतामाँझ फर्किनेछु ढुगांना