भोलि देशभरका डाक्टरले जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

काठमाडौं, बैशाख १० । नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ । चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको छलफलले उक्त निर्णय गरेका हो ।

__________ विज्ञापन____________

साथै २४ घन्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघले चेतावनी दिएको छ ।चिकित्सा शिक्षा आयोगले २५ माघमा बसेको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

__________ विज्ञापन____________

नाफा कमाउने उद्देश्यका साथ एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनका लागि चलखेल गरिरहेको आरोप उनीहरूमाथि लागिरहेको छ । आवासीय चिकित्सक २८ दिनसम्म पनि सडक उत्रिएर आफ्नो अधिकार माग्दा पनि सरकारले उदासिनता देखाएको मल्लले बताए ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

“११३ रनमै सिङ्गापुर सिध्यायो, नेपालले फेरि लेख्यो इतिहास!”

दैलेखमा बोलेरो दुर्घटना: चालकको सतर्कताले यात्रु सकुशल

सहकार्य, आत्मनिर्भरता, समावेशीता र सामाजिक न्याय जस्ता मूल्यहरूमा आधारित संस्था हो– सहकारी

सुदूरपश्चिम सरकारबाट बर्खास्त मन्त्री अख्तियारको छानविनमा, करोडौँ कमिसन उठाएको आरोप

सुर्खेतमा ट्रकको ठक्करबाट स्करपियो नालामा पल्टियो: यात्रु सकुशल

नेपाल इस्ट जोन कपको फाइनलमा प्रवेश

दैलेखको झुप्रेसालमा अटो दुर्घटना, एक महिला घाइते

कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरूलाई सतर्क रहन आग्रह