छतिवना सामुदायिक वन२३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४,५ र ६ जोड्ने श्री छतिवना सामुदायिक वन उपभोक्ता समूहको २३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

__________ विज्ञापन____________

बिहीबार पालिकाको वडा नम्बर ६ को कृषि हाट बजारमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

__________ विज्ञापन____________

कार्यक्रममा प्रमुख अतिथि कैलाली क्षेत्र नम्बर २ ख का माननीय तथा पूर्व सुदूरपश्चिम प्रदेश कृषि मन्त्री रामेश्वर चौधरी रहेका थिए ।

__________ विज्ञापन____________

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री चौधरीले आफू निरन्तर आफ्नो निर्वाचन क्षेत्रको विकासको निम्ति लागिरहेको बताए ।विशेष गरी सामुदायिक वन भनेको समुदायको वन भएकोले यसको संरक्षण गर्ने दायित्व पनि विशेष गरी समुदायको नै हो भन्ने कुरा आम उपभोक्ता हरूले बुझन जरुरी रहेको बताए । वन बाट मानव जीवनका लागि दैनिक रूपमा आवश्यक पर्ने सम्पूर्ण चिजहरू प्राप्त गर्न सकिन्छ । त्यसैले वन विनाश तर्फ नभई वन संरक्षण गर्ने कार्य तिर लाग्न सम्पूर्ण उपभोक्ता हरूमा अनुरोध गरे ।

सोही क्रममा कार्यक्रम बोल्दै चौधरीले आफू कृषि मन्त्री भइरहँदा पनि यस क्षेत्रको समग्र विकासमा निरन्तर लागिरहेको बताउँदै आगामी दिनहरूमा पनि आफू आफ्नो कार्यकाल रहुन्जेल आफ्नो क्षेत्रको जनताको आवश्यकता अनुसार निरन्तर रूपमा विकास निर्माणका कार्यमा जोड दिने बताए ।

यस्तै विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष नेहा चौधरी, समाजसेवी डा.राम बहादुर चौधरी रहेका थिए ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष नेहा चौधरी, समाजसेवी डा।रामबहादुर चौधरी, कोटातुल्सीपुर ग्रामीण विद्युत सहकारी संस्था लि।का अध्यक्ष प्यारे लाल चौधरी लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ को ११ लाख १७ हजार ७ सय ८५ रुपैयाँ बराबरको आयव्यय सामुदायिक वनका अध्यक्ष करण चौधरीले प्रस्तुत गरेका थिए ।

सामुदायिक वनको पालिकाको वडा नम्बर ४,५ र ६ का गरी २९० जना उपभोक्ता रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न