राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा कैलाली जिल्लाका स्थानीय तहमध्ये पहिलो मा धनगढी उपमहानगरपालिका ६३.३ अंकले प्रथम, जानकी गाउँपालिका ६३.१अंक ले दोस्रो र बर्दगोरिया गाउँपालिका ६२.७ अंकले तेस्रो भएको छ । हाईवे क्षेत्रका दुई पालिका जानकी र बर्दगोरियाले नगरपालिका लाई समेत उछिनेको हो ।
घोडाघोडी नगरपालिका ६१.७ अंकसहित चौथो भएको छ। गोदावरी नगरपालिका ५८.७ अंकसहित पाँचौं भएको छ। कैलारि गाउँपालिका ५४.६ अंक ल्याएर छैटौं तथा ५२.७ अंक ल्याएर टिकापुर नगरपालिका सातौं स्थानमा छ।
यसै गरि जोशिपुर गाउँपालिका ५०.४ ले आठौं , गौरिगङगा नगरपालिका ४७.१ ले नवौं, भजनी नगरपालिका ४७.१ ले १०औं, लम्की चुहा नगरपालिका ४४.४ ११औ , मोहन्याल गाउँपालिका ४०.५ ले १२औं र चुरे गाउँपालिका ३९.२ अंकसहित १३ औं भएका छन्।
कार्यसम्पादन मूल्यांकनमा आयोगले स्थानीय तहको मूल्यांकन गर्दा विभिन्न १६ सूचकलाई आधार बनाएको थियो ।