जोशीपुर गाउँपालिकाको १३ औ गाउँसभा को पहिलो बैठक सम्पन्न

२९ माघ : जोशीपुर गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशन मंगलबारबाट सुरु भएको छ ।

__________ विज्ञापन____________

गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको अध्यक्षतामा सुरु भएको गाउँपालिकाको १३ औं गाउँसभामा कार्यपालिकाको बैठकको सम्पूर्ण निर्णय अनुमोदन गरिएको छ भने जोशीपुर स्थित रघुनाथ आदर्श बहुमुखी क्याम्पसलाई संचालन तथा व्यवस्थापनका लागि ५ लाख ५० हजार विनियोजितको निर्णय सभाले पारित गरेको छ ।

__________ विज्ञापन____________

१३ औं गाउँसभाले विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्य स्वयंसेविका र कृषकहरुलाई सम्मान गरेकोछ । सम्मान अन्तरगत कर्मचारी तर्फ लेखापाल निर्पराज भट्टराई, वडा सचिव रुपा विष्ट, कार्यालय सहयोगी रामकृष्ण कठरियालाई सम्मान पत्र र जनही नगर ५ हजारले सम्मान गरिएको छ भने शिक्षा क्षेत्रतर्फ जनप्रकाश माद्यामिक बिधालय मुद्धिका प्रधानाध्यापक सुरेश थारु, राष्ट्रिय माद्यामिक बिधालय डहरवेरियाका प्रधानाध्यापक लिलाराम ओली, वि.पि. आधारभुत विद्यालय घैलाका प्रधानाध्यापक विष्णु प्रसाद भट्टलाई पनि गाउँसभामा सम्मान पत्र र जनही नगर ५ हजारले सम्मान गरिएको छ।

__________ विज्ञापन____________

त्यसैगरि अवकास भईरहेका महिला स्वास्थ्य स्वयंसेविकातर्फ प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुरमा कार्यरत सुमित्रा कुश्मी, आधारभुत स्वास्थ्य इकाई झँवहीमा कार्यरत चित्रा देवी चौधरी र बौनिया स्वास्थ्य चौकीमा कार्यरत रामकृष्णी डंगौरालाई जनही ३० हजार र सम्मान पत्रले सम्मान गरिएको छ । त्यसै गरि कृषक तर्फ वडा नं. १ वडहरियाका लिलाराज चौधरी, वडा नं. ६ लखराम चौधरी र वडा न. ४ खर्चुवाका रतन चौधरीलाई पनि सभाले जनही ५ हजार र सम्मान पत्रले गाउँसभाले सम्मान गरेको छ।

गाउँसभाको दोस्रो बैठक आउने फागुन २ गते विहान ९ बजे बस्ने बताइएको छ । सभमा उपाध्यक्ष गिता कठरिया, प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना, लेखा अधिकृत टिपेश तिमिल्सिना लगयत कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

मृतक परिवारलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले बिमा बाफत ३ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण

प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स लाई चौथो बर्दगोरिया गा. पा वडा नम्बर ५ वडा स्तरीय फूटबल प्रतियोगिता को उपाधि

दैलेख मा अपाङ्गता भएकालाई घरमै सामग्री

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश

रोयल डान्स स्टुडियोले देउसी भैलो कार्यक्रमबाट सहारा घर लाई खाद्यान्न समाग्री सहयोग

दैलेखको चामुण्डाबिन्द्रासैनीमा महिला–पुरुष भलिबल प्रतियोगिता सुरु

कैलालीका सिडिओ कृष्णप्रसाद लम्सालको सरुवा, हिरालाल रेग्मी नयाँ सिडिओ नियुक्त

दैलेखको चामुण्डाबिन्द्रासैनी–५ मा भैली मेलाको ऐतिहासिक रौनक