कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ
विज्ञापन
No data was found

कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

__________ विज्ञापन____________

बर्दगोरिया गाउँपालिका–२ की १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ माघको हो।

२७ गते ४ बजे आफ्नो बहिनीमाथि सामूहिक करणी भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन। गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर विकको पसलमा पुगेकी थिइन्। सोही क्रममा पसलको कोठामा लगेर जबरजस्तीकरणी गरेको जानकारी आएको बोहराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए।

__________ विज्ञापन____________

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया ४ मा रमजान मुबारक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तिय संस्था ली. ले आज वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रम सम्पन्न

एभरेष्ट बैंक द्धारा नोबेल मा. वि मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?

(एसइई)को सम्पूर्ण तयारी पूरा चैत्र ७ गते बिहान ८ बजे बाट सुरु हुने….

नेकपा एमालेले वडा केन्द्रिय अभियान आज बर्दगोरिया ४ मा सम्पन्न

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राप्रपले बुझायो महानगर लाई १ लाख जरिवाना