बर्दगोरियाले थाल्यो “देहावसान सहानुभूति अभियान” पहिलो दिन दुई परिवारलाई सहानुभूति रकम

कैलालीको बर्दगोरिया गाउँपालिकाले देहावसान सहानुभूति अभियान थालेको छ । यो अभियान अन्तर्गत मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई आर्यघाट सम्म लैजान निःशुल्क महाप्रस्थान यान शव वाहन सेवा सञ्चालन गरेको छ भने देहावसान भएका व्यक्तिका आफन्तलाई सहानुभूति स्वरूप दश हजार दिने गरेको छ ।

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

शुक्रवारबाट अभियान सुरु गरेको गाउँपालिकाले सुरु दिनमा दुई परिवारलाई सहानुभूति व्यक्त गरेको छ । वडा नम्बर २ बौनियाका मृतक रम्भादेवी लुहारका छोरा कालु लुहार र वडा नम्बर १ कट्टीपुरका मृतक एक ६ दिने शिशुका बाबु सुवास नेपालीलाई दश हजारका दरले सहानुभूति रकम समेत वितरण गरेको छ । अभियानको पहिलो दिन कालु लुहारलाई गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र सुवास नेपालीलाई वडा नम्बर १ का वडाध्यक्ष एवम् गाउँ सरकारका प्रवक्ता मिथुन गौतमले घरमै पुगेर सहानुभूति प्रदान गरे ।

__________ विज्ञापन____________

 

गाउँ सरकारको सहानुभूति आफूहरूको पीडामा मलहम बनेको लाभग्राहीले प्रतिक्रिया दिएका छन् । यो अभियानले पार्थिव शरीरलाई आर्यघाट सम्म लैजान सवारी साधन खोज्नु पर्ने र अन्य सामाग्रीहरू किन्न पैसा नहुँदा आइपर्ने समस्याको अन्त्य भएको उनीहरूको भनाई छ ।

“मान्छे मरेपछि केमा लैजाने, कसरी लैजाने, सवारी साधनमा तेल कसरी हाल्ने, सधैँ पैसा नहुन सक्छ पैसा को सँग माग्ने भन्ने सारै तनाव हुने गरेको मैले देखेको छु । यती मात्र होइन धार्मिक संस्कार अनुसारका अन्य सामाग्रीहरू कसरी किन्ने, पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ता पनि हुन्थ्यो । तर गाउँपालिकाले थालेको यो अभियानले निःशुल्क शव वाहन त पाइयो नै अनि अन्य खर्चका लागी पनि १० हजार पनि पाइयो । धन्यवाद छ गाउँपालिकालाई, सरकार भनेको यस्तै हुनुपर्छ ।” मलामी जान हिँडेका स्थानीय भरिजन मिजारले भने ।

जनताको पीडामा आफू भएको अनुभूति गर्दै आइपर्ने विभिन्न समस्यामा सहजीकरण गर्ने उद्देश्यले यो अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । निर्भीक पोष्टलाई प्रतिक्रिया दिँदै उनले भने,… “पालिका प्रमुखको हैसियतले मेरो पालिकाका हरेक नागरिकको समस्या मेरो समस्या हो । नागरिकका यस्ता समस्यालाई क्रमिक रूपमा समाधान गर्दै लैजाने दिशामा हामी लागेका छौ ।” देहावसान सहानुभूति अभियान अन्तर्गत निकट भविष्यमा शव चिस्यान सेवा समेत सुरु गर्ने उनले जनकारी दिएका छन् ।

देहावसान सहानुभूति अभियान “देहावसान सहानुभूति अभियान”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न