जानकी गाउँपालिका १५ औं गाउँसभा बैठक सम्पन्न

माघ २३,: कैलालीको जानकी गाउँपालिका १५ औं गाउँसभा बैठक सम्पन्न भएको छ। “शिक्षा, स्वास्थ्य, कृषि र बातावण मैत्री पूर्वाधार, पहिचान सहितको जानकी गाउँपालिका विकासको मूल आधार” मुल नारा रहेको पालिकाको गाउँसभाले नगरप्रहरी सम्बन्धी विधेयक, स्थानिय बजार व्यवस्थापन तथा अनुगमन, सुचिकृत मेलमलिापकर्ताको सुची, आर्थिक बेरुज र बड्घर भलमन्सा प्रणाली संरक्षण, प्रबद्र्धन र विकास गर्न बनेको विधेयक पारित गरेको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

सभामा स्थानिय बजार व्यवस्थापन तथा अनुगमन विधेयक, नगर प्रहरी विधेयक, बड्घर भल्मन्सा प्रणाली संरक्षण प्रवद्र्धन विकास गर्नका लागि बनेको विधेयकलाई विद्यायन सभाका संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष सुरेश चौधरी, आर्थिक वर्ष २०८१/०८२ मा सुचकिृत मेलमलिापकर्ताको सुची उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक लालमति कठरयिा र आर्थिक बेरुजु सम्बन्धी लेखा समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष सुरेश चौधरीले प्रस्तुत गर्नु भएको थियो ।

__________ विज्ञापन____________

गाउँपालिका अध्यक्ष गणेश चौधरीको सभाध्यक्षतामा भएको सभा बैठकमा जानकी गाँउपालिकामा भएको नितिगत बेरुजुको वारेमा पनि बृहत छलफल भएको थियो । गाउँसभामा गाउँपालिमा आर्थिक वर्ष २०७६/०७७ देखि अहिले सम्म असुल गर्नु पर्ने बेरुजु, नितिगत समस्याको रुपमा रहेको बेरुजु, फर्छौट गर्न रहेको बेरुजु गरि २ करोड ८३ लाख २९ हजार १ सय ७० रुपैया बराबरको बेरुजु समेत सभाले सपरक्षिण सहति स्वीकृत गरेको छ ।

सभाको दोस्रो बैठकमा पहिलो बैठकको शुन्य समयमा उठेको सवालको जवाफ सम्बन्धमा पनि छलफल भएको थियो जसको जवाफ गाउँपालिका अध्यक्ष तथा गाउँसभाका सभाध्यक्ष गणेश चौधरीले दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न