बर्दगोरियामा नि:शुल्क महाप्रस्थान यान संचालन

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएका छन् । शवलाई सम्मानजनक तरिकाले आर्यघाट सम्म पुर्‍याउने उद्देश्यका साथ महाप्रस्थान यान संचालनमा ल्याएको कुँवरले बताए । शव बोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारलाई सवारीसाधन खोज्न समस्या परेको अवस्थामा महाप्रस्थान यानले राहत दिने छ ।

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

साथै पालिकाले मृत्यु पश्चात् घरपरिवार लाई किरिया खर्च बापत जनही १० हजार नगद उपलब्ध गराउने अध्यक्ष कुँवरले बताए । पालिकाले मृत्यु पश्चात् आफ्ना नागरिकलाई सहज होस भन्ने उद्देश्यका साथ गाउँपालिकामा निर्णय भएको बताए । उनले घरपारिवारमा शोक परेको अवस्थाम केही राहत होस भन्ने उद्देश्यका साथ आफुहरुले सहयोग गर्न खोजेको बताए ।

__________ विज्ञापन____________

 

शव बोक्न अरुले सवारीसाधन दिन नचाहने र उपयुक्त वाहन नहुँदा शवलाई सम्मानजनक रुपमा आर्यघाटसम्म पुर्‍याउन स्थानीयले भोगिरहेको समस्या देखेपछि बर्दगोरियाका अध्यक्ष कुँवरले महाप्रस्थान यान संचालन गरेको बताएका छन् । ‘परिवारको सदस्य गुमाएर शोकाकुल रहेका बेला पैसा तिरेर पनि शव बोक्ने साधन पाउन समस्या थियो । सम्मानजनक रुपमा आफन्तको शव आर्यघाटसम्म पुर्‍याउन सकुन् भनेर यो महाप्रस्थान यान संचालन गरेको अध्यक्ष कुँवरको भनाई छ ।

 

महाप्रस्थान यानले लम्की चुहाको चिसापानी आर्यघाट, बर्दगोरियाको दमौरी आर्यघाट, र ६ वटै वडाका विभिन्न आर्यघाटसम्म शव पुर्‍याउन संचालन हुने छ । अब उपरान्त सर्वसधारणले आफन्तको शव यात्रा गर्न निस्शुल्क महाप्रस्थान यान प्रयोग गर्न पाउने छन्।

 

हाललाई अध्यक्ष ज्युको सचिवालय प्रमुख देबेन्द्र शाहीको सम्पर्क नम्बर ९८४३८८२४८१ र सवारी चालक ज्ञानु चौधरिको मोबाईल नम्वरमा ९८५८४८९१३० फोन गर्ने बित्तिकै घरमै निस्शुल्क महाप्रस्थान यान पुग्ने छ । चालक, ईन्धन लगायत यानको सबै खर्च भने पालिकाले नै बेहोर्ने छन् । बर्दगोरिया गाउँपालिकाका बासिन्दाका लागि मात्र यो निस्शुल्क यान संचालन ल्याएको उनले बताए।

 

यसअघि ट्रयाक्टर र ट्रकमा शव आर्यघाटसम्म पुर्‍याउने गरिएको थियो। यो यान संचानल सँगै मृत्यु भएको व्यक्तीको शव यात्रा सम्मान जनक ढंगले हुन पाउने छ ।

 

यसै गरि पालिका अध्यक्ष कुँवरले प्रदेश स्वास्थ कार्यालयबाट प्राप्त एम्बुलेन्स बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ लाई हस्तान्तरण गरेका छन । हस्तान्तरण गर्दै अध्यक्ष कुँवरले भने बिकट जस्तो मानिएको वडा नम्बर ३ का नागरिकलाई स्वास्थ्यको पहुँचमा पुगाउन एम्बुलेन्स हस्तान्तरण गरेको बताए । उनले भने अब उपरान्त त्यस क्षेत्रका गर्भवती महिला लगाएत जटिल खालका बिरामिलाई सहज हुने छ । आफुले वडा नम्बर ३ लाई विशेष प्राथमिकतामा राखेर बिकासका काम अगाडी बढाएको छु । पालिकाकै लगानिमा अलपत्र अवस्थामा रहेका २ वडा झुलुङ्गे पुल निर्माण गरेर आवतजावत गर्न सहज गर्यौ ।

 

यसका साथै काडा नदिमा पक्की पुल निर्माण सम्पन्न भएको छ भ्न्ने कुईरा नदिमा पक्की पुलको काम अन्तिम चरणमा छ । यो पुल बने पछि मोहन्याल र बर्दगोरिया वडा नम्बर ३ का जनतालाई आवतजावत गर्न सहज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

मृतक परिवारलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले बिमा बाफत ३ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण

प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स लाई चौथो बर्दगोरिया गा. पा वडा नम्बर ५ वडा स्तरीय फूटबल प्रतियोगिता को उपाधि

दैलेख मा अपाङ्गता भएकालाई घरमै सामग्री

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश

रोयल डान्स स्टुडियोले देउसी भैलो कार्यक्रमबाट सहारा घर लाई खाद्यान्न समाग्री सहयोग

दैलेखको चामुण्डाबिन्द्रासैनीमा महिला–पुरुष भलिबल प्रतियोगिता सुरु

कैलालीका सिडिओ कृष्णप्रसाद लम्सालको सरुवा, हिरालाल रेग्मी नयाँ सिडिओ नियुक्त

दैलेखको चामुण्डाबिन्द्रासैनी–५ मा भैली मेलाको ऐतिहासिक रौनक