जगदम्भिके भगवती मा. वि को प्रथम बार्षिक उत्सव सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनिमा रहेको जगदम्भिके भगवती माध्यामिक विद्यालयले आफ्नो स्थापनाको करिब ४३ बर्ष पछि पहिलो पटक प्रथम बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०३४ सालमा स्थापना भएको विद्यालयले हाल सम्म यसरी कुनै पनि बर्ष बार्षिकोत्सव मनाएको थिएन ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

जगदम्भिके भगवती माध्यामिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा विशिष्ट अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।

__________ विज्ञापन____________

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष तथा प्रमुख अतिथी कुँवरले पालिकाले विद्यालय भौतिक बिकासमा सहयोग गर्ने बताए । प्रमुख अतिथी कुँवरले भने यश विद्यालयको भौतिक बिकासका लागी मन्त्रालय र सरकारका प्रमुख संग पटक पटक आग्रह गरेको बताउदै निर्माणका क्रममा रहेको पक्की भवनका लागि बजेट ल्याउन कुनै कसुर बाकी नराख्ने जिकिर गरे ।

यसै गरि विशिष्ट अतिथी पालिका उपाध्यक्ष गिरिले पालिकाले भौतिक बिकास संगै शिक्षा ,स्वास्थ्य र खानेपानीका क्षेत्रमा उल्लेखनीय बिकास गरेको छ । आगामी दिनमा अझै यश बिधालयको बिकासका लागी पालिकाको सिङ्गो टिम लागेर अगाडी बढाउन कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाए । साथै उपाध्यक्ष गिरिले शिक्षाको गुणस्तर बढाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

स्थापनाकाल देखि आज सम्म विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने संस्थापक प्रध्यानाध्यापक यम बहादुर गौतम , संस्थापक अध्यक्ष लोकेन्द्र मल्ल, पुर्व प्र अ चन्द्रेस्वर लाल कर्ण, नेत्र बहादुर खडका, पुर्ब विद्यालय व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर कुँवर, कार्यवाहक अध्यक्ष गुरुराज जोशी, राम बहादुर चौधरी, महायज्ञ दाता कर्ण बहादुर कुँवर, जग्गादात दिर्घ राज जोशी, कुमारी जोशी, शिक्षिका सत्या देवि कुँवर र शिक्षक धुर्व चौधरी ,कार्यालय सहयोगी राम फल चौधरी, सरस्वती मन्दिर निर्माण दाता पहराम बुढा, ,पुर्व बिद्यार्थी बिस्णु बिष्ट , २०८० को एस ई ई मा उत्कृष्ट अंक ल्याउने भावना बुढा , बिमला साउद र निसा बि क लगाएतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।

बिद्यालयका शिक्षक भुपेन्द्र रास्कोटि र बिद्यार्थी रेखा थापाले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नाटक ,सहित नृत्यहरु प्रस्तुत गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द बुढा क्षेत्रीले प्रगती बिबरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पार्टी प्रतिनिधि ,संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिलन ओलिले विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको जानकारी दिए । उनका अनुसार विद्यालयले आफ्नो स्थापनाको ४३ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष ओलिले भने, “विद्यालय स्थापना भएको पनि यतिका वर्ष भइसकेछ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै खुशी लागेकको छ ।” उनले विद्यालयलाई यहाँसम्म ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

“११३ रनमै सिङ्गापुर सिध्यायो, नेपालले फेरि लेख्यो इतिहास!”

दैलेखमा बोलेरो दुर्घटना: चालकको सतर्कताले यात्रु सकुशल

सहकार्य, आत्मनिर्भरता, समावेशीता र सामाजिक न्याय जस्ता मूल्यहरूमा आधारित संस्था हो– सहकारी

सुदूरपश्चिम सरकारबाट बर्खास्त मन्त्री अख्तियारको छानविनमा, करोडौँ कमिसन उठाएको आरोप

सुर्खेतमा ट्रकको ठक्करबाट स्करपियो नालामा पल्टियो: यात्रु सकुशल

नेपाल इस्ट जोन कपको फाइनलमा प्रवेश

दैलेखको झुप्रेसालमा अटो दुर्घटना, एक महिला घाइते

कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरूलाई सतर्क रहन आग्रह