माघ १८, बाैनिया : सहयोगी बेलुवा युवा क्लबको आयाेजनमा भएको दाेस्राे बर्दगाेरिया विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता र माध्यमिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगितामा हाजिरी जवाफ तर्फ १० र बक्तृत्वकलामा ७ विद्यालयको सहभागिता रहेको थियो । हाजिरी जवाफमा महुन्याल माध्यमिक विद्यालय प्रथम हुदा बालकन्या माध्यमिक बिद्यालय दाेस्राे र जगत तारा ईङ्गलिस बाेर्डिङ्ग स्कुल तेस्रो भएको छ । यस्तै बक्तृत्वकला प्रतियोगितामा आदर्श सामुदायिक बिधा मन्दिर बाैनियाकि खुसि डागर प्रथम हुदा बालकन्या माध्यमिक विद्यालयकी सपना बुढा दाेस्राे हुदा महुन्याल माध्यमिक विद्यालयकी जुलियाे संज्याल तेस्रो भएकि छन् ।

बक्तृत्वला प्रतियोगिताका निर्णायकमा सुरत बहादुर बिष्ट , दुर्गा प्रसाद बिनाडि र टीका भट्ट (उपाध्याय) रहेका थिय । क्लबका अध्यक्ष महेश रावलकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष गाेबिन्द बि.क रहनु भएको थियो । कार्यक्रममा विजयी बिद्यार्थीहरुलाई प्रमुख बर्दगाेरिया गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष गाेबिन्द बि.क बाैनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वार , बजार व्यवस्थापन समितिका सदस्य दमन चन्द साेडारि लगाएतकाले पुरस्कार वितरण गरेका थिए ।

हाजिरि प्रतियाेगिता र औपचारिक कार्यक्रम राजेन्द्र रावलले सञ्चालन गर्दा बक्तृत्वकला प्रतियोगिताकाे सञ्चालन रमेश बिश्वकर्माले गरेका थिय ।