तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो

धनगढीः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

आज कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

__________ विज्ञापन____________

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्छ। यसतर्फ आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

“११३ रनमै सिङ्गापुर सिध्यायो, नेपालले फेरि लेख्यो इतिहास!”

दैलेखमा बोलेरो दुर्घटना: चालकको सतर्कताले यात्रु सकुशल

सहकार्य, आत्मनिर्भरता, समावेशीता र सामाजिक न्याय जस्ता मूल्यहरूमा आधारित संस्था हो– सहकारी

सुदूरपश्चिम सरकारबाट बर्खास्त मन्त्री अख्तियारको छानविनमा, करोडौँ कमिसन उठाएको आरोप

सुर्खेतमा ट्रकको ठक्करबाट स्करपियो नालामा पल्टियो: यात्रु सकुशल

नेपाल इस्ट जोन कपको फाइनलमा प्रवेश

दैलेखको झुप्रेसालमा अटो दुर्घटना, एक महिला घाइते

कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरूलाई सतर्क रहन आग्रह