बर्दगोरिया मा खुल्ला फुटबल प्रतियोगिता माघ १० गते देखि १३ गते सम्म हुने
विज्ञापन
No data was found

कैलाली को बर्दगोरिया गाउँपालिका मा यहि माघ १० गते देखि १३ गते सम्म खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ।

__________ विज्ञापन____________

बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लब को आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष महेश रावलले जानकारी दिएका छन्।

लागुऔषध नियन्त्रण गरौ, स्वस्थ भई खेल खेलौ भने मूल नाराकम साथ आयोजना हुने प्रतियोगिता मा २० भन्दा धेरै टिम सहभागी हुने क्लब का अध्यक्ष रावलले बताएका छन्। प्रतियोगितामा बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिका लगायतका पालिकाबाट टिम समाबेस हुने आयाेजकले जानकारी दिएको छ । प्रतियोगिता नकआउट सिस्टमद्वारा संचालन हुने छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा खेल मैदान नभएकोले खेल बर्दगोरिया गाउँपालिक वडा नम्बर ४ मा रहेको कोटागढी खेल मैदान मा हुने छ।

__________ विज्ञापन____________

प्रतियोगिता को उद्घाटन बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर द्धारा गरिने छ। प्रतियोगिता को प्रथम पुरस्कार नगद रु १० हजार १ सय ११ प्रमाण पत्र रहने छ भने द्वितीय पुरस्कार ५ हजार ५ सय रहने छ। टिम दर्ता माघ ४ गते देखि ९ गते सम्म रहने क्लबका अध्यक्ष महेश रावल ले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

छतिवना सामुदायिक वन२३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कार्यसम्पादनमा उत्कृष्ट धनगढी, दोस्रो जानकी ,बर्दगोरिया तेस्रो र अन्य पालिका को के भयो?

जोशीपुर गाउँपालिकाको १३ औ गाउँसभा को पहिलो बैठक सम्पन्न

चिसापानी देखि गड्डाचौकी सम्म ६ लेन सडक हुने मन्त्री देउबा

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

बर्दगोरियाले थाल्यो “देहावसान सहानुभूति अभियान” पहिलो दिन दुई परिवारलाई सहानुभूति रकम

आमा छोरी मृत अवस्था फेला

ट्याक्टर बाट खसेर एक महिला को भयो मृत्यु