बर्दगोरिया मा खुल्ला फुटबल प्रतियोगिता माघ १० गते देखि १३ गते सम्म हुने

कैलाली को बर्दगोरिया गाउँपालिका मा यहि माघ १० गते देखि १३ गते सम्म खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ।

__________ विज्ञापन____________

बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लब को आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष महेश रावलले जानकारी दिएका छन्।

__________ विज्ञापन____________

लागुऔषध नियन्त्रण गरौ, स्वस्थ भई खेल खेलौ भने मूल नाराकम साथ आयोजना हुने प्रतियोगिता मा २० भन्दा धेरै टिम सहभागी हुने क्लब का अध्यक्ष रावलले बताएका छन्। प्रतियोगितामा बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिका लगायतका पालिकाबाट टिम समाबेस हुने आयाेजकले जानकारी दिएको छ । प्रतियोगिता नकआउट सिस्टमद्वारा संचालन हुने छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा खेल मैदान नभएकोले खेल बर्दगोरिया गाउँपालिक वडा नम्बर ४ मा रहेको कोटागढी खेल मैदान मा हुने छ।

__________ विज्ञापन____________

प्रतियोगिता को उद्घाटन बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर द्धारा गरिने छ। प्रतियोगिता को प्रथम पुरस्कार नगद रु १० हजार १ सय ११ प्रमाण पत्र रहने छ भने द्वितीय पुरस्कार ५ हजार ५ सय रहने छ। टिम दर्ता माघ ४ गते देखि ९ गते सम्म रहने क्लबका अध्यक्ष महेश रावल ले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न