पर्यटन राज्यमन्त्री चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी

धनगढीः पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी भएको छ। सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधवार निर्णय सुनाउँदै रिट खारेज गरिदिएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यो निर्णय सुनाएको हो।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

नागरिक उन्मुक्ति पार्टीबाट विजयी राज्यमन्त्री चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नसमेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले २०७९ चैत १७ गते यो रिट दायर गरेका थिए। चौधरीलाई संविधानको धारा ८७ बमोजिम योग्यता नपुगेको, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम योग्यता नरहेको र सोही ऐनको दफा १२ बमोजिम तोकिएको योग्यता नभएको दाबीसहित रिट निवेदन दर्ता गरिएको थियो।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान