पर्यटन राज्यमन्त्री चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी
विज्ञापन
No data was found

धनगढीः पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी भएको छ। सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधवार निर्णय सुनाउँदै रिट खारेज गरिदिएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यो निर्णय सुनाएको हो।

__________ विज्ञापन____________

नागरिक उन्मुक्ति पार्टीबाट विजयी राज्यमन्त्री चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नसमेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले २०७९ चैत १७ गते यो रिट दायर गरेका थिए। चौधरीलाई संविधानको धारा ८७ बमोजिम योग्यता नपुगेको, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम योग्यता नरहेको र सोही ऐनको दफा १२ बमोजिम तोकिएको योग्यता नभएको दाबीसहित रिट निवेदन दर्ता गरिएको थियो।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

छतिवना सामुदायिक वन२३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कार्यसम्पादनमा उत्कृष्ट धनगढी, दोस्रो जानकी ,बर्दगोरिया तेस्रो र अन्य पालिका को के भयो?

जोशीपुर गाउँपालिकाको १३ औ गाउँसभा को पहिलो बैठक सम्पन्न

चिसापानी देखि गड्डाचौकी सम्म ६ लेन सडक हुने मन्त्री देउबा

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

बर्दगोरियाले थाल्यो “देहावसान सहानुभूति अभियान” पहिलो दिन दुई परिवारलाई सहानुभूति रकम

आमा छोरी मृत अवस्था फेला

ट्याक्टर बाट खसेर एक महिला को भयो मृत्यु