दोस्रो पटक लग्यो बसन्त मुरारीले राष्ट्रपति रनिङ्ग शिल्ड
विज्ञापन
No data was found

बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा स्थानीय तह स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

__________ विज्ञापन____________

पौष २३ गतेदेखि बर्दगोरिया गाउँपालिकामा सुरु भएको १५औ राष्ट्रपति रनिङ शिल्ड तथा पालिका स्तरीय खेलकुद प्रतियोगिता पौष २८ गते सम्पन्न भएको हो । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।

__________ विज्ञापन____________

कार्यक्रममा प्रमुख अतिथी कुँवरले विजयी समूह तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा कुँवरले पदक तथा मेडल प्रदान गरेका थिए भने बर्दगोरिया गाउँपालिक वडा नम्बर १ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न बिद्यालय का प्र.अ, वि.ब्य.स लगायतले खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै अध्यक्ष कुँवरले बर्दगोरियामा खेल निरन्तर अगाडि बढाउने बताए । अध्यक्षले पालिकाको खेलकुद क्षेत्रको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउँदै भोलिका दिनमा बर्दगोरियामा खेल क्षेत्रको उल्लेख्य विकास हुने र यहाँबाट राष्ट्रिय स्तरका खेलाडी तयार हुनेमा आफू प्रतिबद्ध रहने बताउनुभयो ।

प्रतियोगितामा शिल्ड तर्फ बसन्त मुरारी नमुना मावि रिठ्ठे १७ स्वर्णसहित प्रथम हुन सफल भयो भने बालकन्या मावि ७ स्वर्णसहित दोस्रो तथा ५ स्वर्णसहित नोबेल मावि तेस्रो भयो । नि. मा. वि तह बालकन्या मावि ७ स्वर्णसहित प्रथम हुन सफल भयो भने नारायण आ. वि ४ स्वर्णसहित दोस्रो तथा स्वर्णसहित कालिका मावि ३ स्वर्णसहित तेस्रो भयो । यसै गरि प्रा. वि तह बालकन्या मावि ४ स्वर्णसहित प्रथम हुन सफल भयो भने मोतिभागिरती आ. वि २ स्वर्णसहित दोस्रो तथा स्वर्णसहित कालिका मावि २ स्वर्णसहित तेस्रो भएका थिए ।

पालिकाका विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा पालिकाका २० विद्यालयका विद्यार्थीहरु सहभागी थिए । बर्दगोरिया गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, हाइजम्प, लंगजम्प, ज्याब्लीङ थ्रो, दौड योगा लगायतका खेलहरु समावेश गरिएको थियो ।

वडा नम्बर १ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक मिथुन गौतमको अध्यक्षतामा समापन भएको कार्यक्रममा कार्यपालिका सदस्य, विभिन्न विद्यालय का प्र.अ, बौनिया बजार व्यबस्थापक समिति अध्यक्ष, विद्यालय ब्यावस्थापक समिति प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

छतिवना सामुदायिक वन२३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कार्यसम्पादनमा उत्कृष्ट धनगढी, दोस्रो जानकी ,बर्दगोरिया तेस्रो र अन्य पालिका को के भयो?

जोशीपुर गाउँपालिकाको १३ औ गाउँसभा को पहिलो बैठक सम्पन्न

चिसापानी देखि गड्डाचौकी सम्म ६ लेन सडक हुने मन्त्री देउबा

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

बर्दगोरियाले थाल्यो “देहावसान सहानुभूति अभियान” पहिलो दिन दुई परिवारलाई सहानुभूति रकम

आमा छोरी मृत अवस्था फेला

ट्याक्टर बाट खसेर एक महिला को भयो मृत्यु