जोशीपुरमा नेपाल विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष भने राहुल बुढा

नेपाल विद्यार्थी सङ्घ कैलाली जिल्ला अध्यक्ष मनिष कुँवर को अध्यक्षता तथा जोशीपुर गाउँपालिका पार्टी सभापति बन्सराम बडायक ज्यु को रोबरमा नेपाल विद्यार्थी सङ्घ जोशीपुर गाउँपालिकाको संस्थापक अध्यक्ष नेविसंघका विद्यार्थी नेता राहुल बुढा बनेका छन ।

__________ विज्ञापन____________

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य समिर खड्का, धनगढी उपमहानगरपालिका नेपाल विद्यार्थी संघका अध्यक्ष दिपेश बोहरा,गोदावरी नगरपालिका नेवी संघ अध्यक्ष दिलबहादुर बुढाथोकी, कैलाली बहुमुखी क्याम्पसका नेवी संघ विद्यार्थी नेता हरिश खत्री, कैलाली क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य सन्तोष पौडेल, कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा क का सदस्य विष्णु गौतम,नेपाली काङ्ग्रेस जोशीपुर गाउँपालिका उपाध्यक्ष कन्हैया लाल चौधरी, नेवी संघका विद्यार्थी नेता महेश मल्ल र रञ्जित परियार आदि को उपस्थिति रहेको थियो।

__________ विज्ञापन____________

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घको नयाँ सदस्यता नेपाल विद्यार्थी सङ्घ जिल्ला अध्यक्ष मनिष कुँवर र नेविसंघ केन्द्रीय सदस्य समिर खड्काज्यूको हातबाट लिएका थिए।

__________ विज्ञापन____________

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष कुँवरले गुटगत राजनीति नेपाल विद्यार्थी सङ्घमा स्वीकार्य नहुने र कुनै पनि साथीहरुले गुडगत राजनीतिको जालोमा नपर्न र नेविसंघको मूल्य मान्यताका आधारमा सक्रिय रहन निर्देशन दिनुभएको छ। अब उपरान्त जोशीपुर गाउँपालिकामा नेपाल विद्यार्थी संघले विद्यार्थीहरूमा लोकप्रिय महत्वपूर्ण कार्यहरू गर्दै नेवी संघको अझै उचाइमा पुर्याउने बताउनुभएको छ।

त्यस्तै जोशीपुर गाउँपालिका सभापति वंसराम बडाकज्यू बोल्दै नेपाली कांग्रेसको प्रमुख भात्री संगठन नेपाल विद्यार्थी सङ्घ पालिकामै पहिलोपटक स्थापना भएकोमा खुसी व्यक्त गरेको छु । नेपाल विद्यार्थी संघ ले आगामी दिनमा राम्रो काम गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

त्यसैगरी संस्थापक अध्यक्ष राहुल बुढाले नेपाल विद्यार्थी सङ्घ जोशीपुरले विद्यार्थीका हकहितका लागि र अधिकारका लागि आवाज उठाई रचनात्मक कार्य गर्ने विद्यार्थीका माग मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

कार्यक्रम लाई सहजीकरण नेपाल विद्यार्थी सङ्घ गोदावरी नगर सभापति दिलबहादुर बुढाथोकी ले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान