बर्दगोरियामा १५ औ राष्ट्रपति रनिङ्ग शिल्ड तथा पालिका स्तरीय खेलकुद प्रतियोगितासुरु

महेश रावल, बर्दगोरिया – १५ औ राष्ट्रपति रनिङ्ग शिल्ड तथा पालिका स्तरीय खेलकुद प्रतियोगिताको आज भब्य उद्घाटन भएको छ ।

__________ विज्ञापन____________

स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ बर्दगोरिया गाउँपालिका को आयोजनामा १५ औं रास्ट्रपति रनिङ्ग शिल्ड पालिका स्तरीय खेलकुद प्रतियोगिताकोबर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्धघाटन गरेका हुन ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

उद्घाटन समारोहमा शुभकामना मन्तब्य राख्दै प्रमुख अथिति अध्यक्ष कुँवरले खेलकुद श्वासथ जीवनको अभिन्न अङ भएको बताएका हुन् । उनले बिद्यालयको खेल क्षेत्रमा आफु सधैं हातेमालो गर्ने प्रतिवद्दता पनि जनाएकी छन ।खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष गणेश राज गिरिले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । बिद्यालयमा राजनिती भन्दा शैक्षिक ज्ञान तर्फ लाग्नुपर्ने बताउदै सबैले शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताए ।

गाउँपालिका अध्यक्ष कुँवरले प्यानसमा दिप बालेर उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा विभिन्न बिद्यालयले नृत्य प्रस्तुत गरेका थिए ।खेलमा बर्दगोरिया गाउँपालिक मा रहेका सामुदायिक र संस्थागत गरी जम्मा २० वटा विद्यालयका बिद्यार्थीले मार्च पास् पनि गरेका हुन ।

 

रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधि,विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन  समिति का पदाधिकारी, शिक्षक अभिभावक संघ का पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक सँगै खेल प्रेमी बिद्यालयका विद्यार्थीहरु पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

५ दिनसम्म संचालन हुने रनिङ्ग शिल्ड तथा पालिका स्तरीय खेलकुद प्रतियोगिताको प्रा. वि, नि. मा. वि र मा. वि गरि २० ओटा विद्यालय का खेलाडीहरुको सहभागी भएका छन् । भने खेलमा भलिबल , कपडी एथलेटिक्स तेक्वान्डो लगायतका खेल रहने आयोजकले जनाएको छ। बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको खेलमैदान मा भैरेको छ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा सामाजिक बिकास समिती संयोजक मिथुन गौतमको सभापतितित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।

सचिवालय सदस्य पुष्कर सुनारको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालक बसन्त मुरारी नमुना माध्यमिक बिद्यालय का शिक्षक प्रभु नाथ जोशीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न