बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव सनिवार सम्पन्न महोत्सव अबधि भरी ४० हजार को अबलोकन

पौष २१,बौनिया/बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव सनिवार समापन भएको छ ।

__________ विज्ञापन____________

‘कृषि व्यापार,संस्कृति र बर्दगोरिया धाम पर्यटनको विकास निर्माणाधीन सेती लोकमार्गको निकास’ मूल नाराका साथ पुस ९ गते बाट भएको महोत्सव सनिवार समापन भएको छ ।

__________ विज्ञापन____________

बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज स्वारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि विशिष्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरि(लालदिप) रहनु भएको थियो ।

__________ विज्ञापन____________

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सेती लोकमार्ग निर्माणमा दबाब दिन बौनिया बजारले लगाएको महोत्सवले थप दबाब सृजना भएको बताए । उनले भने मेला महोत्सवले ठाउँको पहिचान संगै ब्यापार व्यवसायमा टेवा पुग्छ ।

महोत्सवको अन्तिम दिन गायक दुर्गेश थापा र चेतन बोहराको प्रस्तुती रहेको थियो । महोत्सव अवधिभर करिब ४० हजार दर्शकले अवलोकन गरेको अध्यक्ष देवराज स्वारले बताए । कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका अध्यक्ष ,कार्यपालिका सदस्य लगाएत विभिन्न संघ संस्थाक प्रतिनिधिको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा ४४.५४% मतदान, दुईवटै क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न

यो र्याली हेर्दा मलाई सबै समुदायकाले साथ सपोर्ट दिए : बिजय बहादुर स्वार

दैलेखमा ट्रिपर दुर्घटना: सल्यानका २७ वर्षीय चालकको मृत्यु

दैलेख क्षेत्र नं. २ मा १०४ मतदान अधिकृतलाई तालिम

कैलाली–२ मा मतदाता शिक्षा कार्यक्रम तीव्र, विजय बहादुर स्वाँरको पक्षमा माहोल सिर्जना

त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

बर्दगोरिया मन्दिर चोकमा लागूऔषधसहित दुई जना पक्राउ,

निर्वाचित भएपछि हरेक तीन महिनामा जनतामाँझ फर्किनेछु ढुगांना