बौनिया । बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बर्दगोरिया -२ कैलालीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उमा शंकर अवस्थीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहदा विशिष्ट अतिथिमा पालिका उपाध्यक्ष गणेशराज गिरी लालदिप रहनू भयको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले संस्थाले राम्रो काम गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । उनले भने ‘यस सहकारीलाई ठुलो योजनाका रूपमा अगाडी बढाउनु पर्छ ।’अध्यक्ष कुँवरले पालिका र आफूबाट हुने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । अध्यक्ष कुँवरले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन् ।
पालिका उपाध्यक्ष गिरिले सहकारीले शेयर सदस्य बढाउने सँगै बचत मात्र नगरी कुनै उद्योग सञ्चालन गरी उत्पादनलाई बढुवा दिन आवश्यक रहेको बताए । उनले पालिका र सहकारीको लगानिमा कुनै उद्योग स्थापना गरी उत्पादनलाई बढाई किसान र शेयर सदस्यहरूलाई आत्मनिर्भर बनाउन तर्फ जोड दिनु पर्ने बताए ।
संस्थाकि सदस्य हिमा कुरारी पौडेल को स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा सेयर सदस्य तथा व्यापारी केशव भण्डारी, न्यु साहारा बचत तथा ऋण सहकारीका अध्यक्ष ज्योति टमट्टा , नयाँ आधार नेपाल कि अध्यक्ष बालकुमारी सुनार, शसस्त्र प्रहरी बल का पदम सिंह धामी, महोन्याल मा. वि का अध्यक्ष डबल वि.क लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विसं २०५७ साल देखि आफ्नो सेवा थालनी गरेको सो सहकारीमा हाल ५ सय ७ शेयर सदस्य आबद्ध छन् भने कूल सम्पत्ति १ करोड १९ लाख रुपैयाँभन्दा माथि पुगेको संस्थाका प्रबन्धक बाबुराम पाण्डेले जानकारी दिएका छन ।
सहकारीले २५ औं वार्षिक उत्सवको अवसरमा संस्थाका पूर्व अध्यक्ष अजर सिंह मल्ल,संस्था कि उपाध्यक्ष लिलु देवी कुँवर,पुर्ब उपाध्यक्ष :- स्व. भबिराम कडेल कि श्रीमती बिष्णु कडेल, सहारा घर का संचालक बल बहादुर बिष्ट लाई खादा ले सम्मान गरिएको थियो भने ऋण बाट नियमित किस्ता बुझाउने १९ जना, नियमित बचत गर्ने ५ जामा र समिति तर्फ बाट १ जना लाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।