जानकी गा.पा.द्धारा ४ लाख नगद सहित उत्कृष्ट विद्यालयको घोषणा

कैलालीको जानकी गाउँपालिकाले पालिका स्तरिय विद्यालयको आन्तरिक मूल्याङ्कन गरि उत्कृष्ट विद्यालयलाई नगद ४ लाख सहित उत्कृष्ट विद्यालय घोषणा गरेको छ । वडा नं. ६ धार्मपुरमा रहेको महेन्द्रशिशु मा.वि.को प्राङगणमा जानकी गाउँपालिका स्तरिय वृहत शैक्षिक कार्यक्रमको आयोजना गरि पालिकाले उत्कृष्ट विद्यालय घोषणा गरेको हो ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

गत वर्षको एस.ई.ई.को नतिजा अनुसार मा.वि. तह अन्तरगत भृकुती मा.वि. जानकी ३ सुवर्णपुरलाई उत्कृष्ट विद्यालयको रुपमा पालिकाले घोषणा गरेको छ । जनता मा.वि. मुनुवा दोस्रोमा रहेको छ भने अरुणोदय मा.वि. खैरीफाँटा तेस्रो नंम्बरमा रहेको पालिका अध्यक्ष गणेश चौधरीले शैक्षिक गुणस्तर वृद्धिका लागि पालिकाले बनाएको कार्यविधिको मापदण्ड र सूचक अनुसार उत्कृष्ट विद्यालयको घोषणा गरिएको बताउनु भयो ।

__________ विज्ञापन____________

त्यसै गरि आधारभुत विद्यालय अन्तरगत श्री राष्ट्रिय आधारभुत विद्यालय जानकी ८ खैरिपुर उत्कृष्ट, श्री हिमालय आ.वि. जानकी ९ लम्की फाँटा दोस्रो र श्री अरुणोदय मा.वि. खैरिफाँटा तेस्रो नंम्बरमा रहेको छ ।

पालिकाले प्रथम हुने विद्यालयलाई ४ लाख, दोस्रोलाई २ लाख ५० हजार र तेस्रो स्थानमा रहेको विद्यालयलाई १ लाख ५० हजार दिने घोषणा गरे अनुसार नगद चेक हस्तान्तरण गरेको छ ।

पालिका अन्तरगतका विद्यालयको शैक्षिक गुणस्तर सँगसँगै विद्यार्थीहरुको चौतर्फी विकासका लागि नृत्य प्रतियोगिता, गायन प्रस्तुति एवं उत्कृष्ट हुने समूहलाई नगद पुरस्कार प्रदान गर्ने, शैक्षिक सत्र २०८० मा एस.ई.ई. र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन, विद्यालयहरुलाई लोक सेवा आयोग तथा शिक्षा सेवा आयोग सम्बन्धि पुस्तक हस्तान्तरण र चित्र कला प्रदर्शनी एवं उत्कृष्ट चित्रकार विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरेको जानकी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले बताउनु भयो । “हामी कर्मचारी अहिले यहाँ छौं भोली अन्य ठाउँमा हुनेछौं ।

शैक्षिक सुधारका लागि जानकी गाउँपालिकाले ल्याएको कार्यविधिलाई निरन्तर कार्यान्वयनमा ल्याउनसके पक्कै शैक्षिक सुधार हुन्छ ।” वहाँले भन्नु भयो ।

त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारको संघिय सांसद एवं पूर्व मन्त्री रञ्जीता श्रेष्ठ चौधरीले जानकी गाउँपालिकाले शैक्षिक क्षेत्रमा गरेको पहल र प्रयाले विद्यार्थीहरुमा थप उर्जा थपेको र विद्यार्थीहरुमा सृजनशिलता, आत्मविश्वास र प्रतिष्प्रधात्मक विकास हुने बताउनु भयो । उहाँले भन्नु भयो “यसले विद्यार्थीहरुको बहुआयामिक, व्यवहारिक सिप र समाज प्रतिको उत्तरदायित्यमा टेवा पु¥याउँछ ।

शिक्षाले संस्कार र समुदायिक भूमिकाका लागि विद्यार्थीहरुलाई नैतिकवान बनाउँछ । सामाजिक दायित्व पुरा गर्न तथा नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्व तर्फ अभिप्रेरित गर्न शिक्षाको महत्वपूर्ण भुमिका छ । पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र वातावरणीय संरक्षण क्षेत्रमा लगानी गरिरहेको छ । यसले पालिको चौतर्फी विकास गर्नमा महत्वपूर्ण योगदान पु¥याउने गर्दछ ।” शिक्षा, कृषि, रोजगार र स्वास्थ्यका लागि नितिगत सुधारमा आफु लागिपरेको पनि प्रमुख अतिथि श्रेष्ठ चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

मृतक परिवारलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले बिमा बाफत ३ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण

प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्स लाई चौथो बर्दगोरिया गा. पा वडा नम्बर ५ वडा स्तरीय फूटबल प्रतियोगिता को उपाधि

दैलेख मा अपाङ्गता भएकालाई घरमै सामग्री

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापनाको ३१औं वर्षमा प्रवेश

रोयल डान्स स्टुडियोले देउसी भैलो कार्यक्रमबाट सहारा घर लाई खाद्यान्न समाग्री सहयोग

दैलेखको चामुण्डाबिन्द्रासैनीमा महिला–पुरुष भलिबल प्रतियोगिता सुरु

कैलालीका सिडिओ कृष्णप्रसाद लम्सालको सरुवा, हिरालाल रेग्मी नयाँ सिडिओ नियुक्त

दैलेखको चामुण्डाबिन्द्रासैनी–५ मा भैली मेलाको ऐतिहासिक रौनक