एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै By Baphadar Media
विज्ञापन
No data was found

नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल हुदै छ । आज अपराहन्न १२: १५ बजेदेखि शुरु हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र र जनकपुर बोल्ट्स भिड्दै छन् ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

यस प्रतियोगितामा यी दुई टिम तेस्रो पटक आमने सामने हुदै छन् । लिग चरणमा सुदूरपश्चिमपश्चिम रोयल्सले जनकपुर बा्ल्ट्सलाई ७२ रनले पराजित गरको थियो भने पहिलो क्वालिफायरमा सुदूरपश्चिमले ८ विकेटले जनकपुरलाई पराजित गरेको थियो ।

__________ विज्ञापन____________
No data was found

प्रतियोगितामा उत्कृष्ट लयमा रहेको सुदूरपश्चिमको मनोबल उच्च रहेको छ । अन्य टिममा विदेशी खेलाडीले खेल जिताइरहे पनि सुदूरपश्चिममा भने नेपाली खेलाडीनै म्याच विनर बनिरहेका छन् । विनोद भण्डारी, कप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, आरिफ शेख, नरेन साउदले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

त्यस्तै विदेशी खेलाडीमा बलर स्कट केग्गेलिन, सैफ अली जैब, ब्राण्डन म्याकुलम र हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

 

 

अर्को तर्फ जनकपुर बोल्ट्स भने न्यूजील्याण्डका जिम्मी निशाममाथि बढी भरपरेको छ । जनकपुर नियमित कप्तान अनिल शाह घाइते भइसकेपछि ब्याकफुटमा पुगेको देखिएको छ । ललित राजबंशी, शेर मल्ल, किशोर महतोले जनकपुरलाई फाइनलसम्म पुर्याउन योगदान दिएका छन् भने विदेशी खेलाडीमा निशाम बाहेक हर्ष ठाकेर, मोहमद मोशिनले राम्रो योगदान गरिरहेका छन् । फाइनलमा सुदूरपश्चिमलाई हराउन जनकपुरका नेपाली खेलाडीले जिमेवारी लिएर खेल्नुपर्ने देखिएको छ ।

 

लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेका सुदूरपश्चिम र जनकपुरबीचको फाइनल खेल रोमाञ्चक हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री शाहाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर राजीनामा दिन निर्देशन

दैलेखमा सरकारी कार्यालयको छड्के अनुगमन

सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड बराबरको बजेट

बर्दगोरिया ४ मा तेस्रो वडा अध्यक्ष वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु – वडा अध्यक्ष शाहीले गरे उद्धाटन

५२ करोड नाघ्यो लम्कीचुहाको बेरुजुः राजनीतिक दलले उठाए सुशासनको प्रश्न

सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ पुग्यो

केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु

दैलेखमा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु