७औं बर्दगोरिया सेती लोकमार्ग पाहिचन महोत्सव २०८१ लाग्ने

बौनिया बजार व्यवस्थापन समितिले ७औं बर्दगोरिया सेती लोकमार्ग पाहिचन महोत्सव २०८१ आयोजना गर्ने भएको छ। बौनियाबजार स्थित खुला मैदानमा यही पौष ९ गतेदेखि १६ गतेसम्म महोत्सव सञ्चालन हुने समितिले जनाएको छ।

__________ विज्ञापन____________

२०६७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव कोरोनाका कारण विगत तीन वर्ष यता सञ्चालन हुन सकेको थिएन। महोत्सवको तयारी तीव्र रूपमा भैरहेको समितिले जानकारी दिएको छ।

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

महोत्सवको उद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले गर्ने तयारी भैरहेको अध्यक्ष देब बहादुर स्वारले बताए।करिब १५० स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै अटोमोवाइल्स लगायतको प्रर्दशनी रहनेछ। करिब ७० प्रतिशत स्टल बुकिङ भैसकेको स्टल सयोजक देब चौधरीले जानकारी दिए।

महोत्सवस्थल भित्र यसवर्ष पनि थारु गाउँ र मगर गाउँ समेत निर्माण गरिने भएको छ। थारु गाउँ भित्र थारु भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने साँस्कृतिक संयोजक दिपक गौतमले जानकारी दिए।यसका साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहनेछ। महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत सञ्चालन हुने संयोजक गौतमले बताए। उनले विद्यार्थीहरूको क्षमता प्रदर्शनका लागि नृत्य प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

“११३ रनमै सिङ्गापुर सिध्यायो, नेपालले फेरि लेख्यो इतिहास!”

दैलेखमा बोलेरो दुर्घटना: चालकको सतर्कताले यात्रु सकुशल

सहकार्य, आत्मनिर्भरता, समावेशीता र सामाजिक न्याय जस्ता मूल्यहरूमा आधारित संस्था हो– सहकारी

सुदूरपश्चिम सरकारबाट बर्खास्त मन्त्री अख्तियारको छानविनमा, करोडौँ कमिसन उठाएको आरोप

सुर्खेतमा ट्रकको ठक्करबाट स्करपियो नालामा पल्टियो: यात्रु सकुशल

नेपाल इस्ट जोन कपको फाइनलमा प्रवेश

दैलेखको झुप्रेसालमा अटो दुर्घटना, एक महिला घाइते

कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरूलाई सतर्क रहन आग्रह