बिद्यालय स्तरिय फुटबल प्रतियोगिता जारि,आज चार खेल हुने
विज्ञापन
No data was found

राजेन्द्र रावल मंसिर २९, बाैनिया

__________ विज्ञापन____________

बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काेटागढि खेलमैदानमा जारी कैलाली जिल्ला व्यापि छात्र तथा छात्रा बिद्यालय स्तरिय फुटबल प्रतियोगिता २०८१ मा आज चार खेल हुने भएका छन् ।

आयाेजक बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसका अध्यक्ष प्रमाेद मल्लले दिएको जानकारी अनुसार आज प्रि क्वाटरफाइनल राउन्डका दाेस्राे दिनका खेलहरु हुनेछन् । दिनको पहिलो खेलमा बिहान ८ बजे कृष्ण माध्यमिक बिद्यालय बाघमारा र माेरल नेप्लिज स्कुल मसुरिया बिच प्रतिस्पर्धा हुदा दाेस्राे खेलमा बिहान ९:३० बजे क्याम्ब्रिज इङ्गलिस स्कुल बलिया र कर्णाली माध्यमिक बिद्यालय सत्ति बिच प्रतिस्पर्धा हुनेछ त्यस्तै दिनको तेस्रो खेलमा बिहान ११:३० बजे उज्यालो शिक्षा सदन लम्कि र नाेबेल एकेडेमी बाैनिया बिच प्रतिस्पर्धामा हुदा दिनको चाैथाे खेलमा २:३० बजे हेबन गार्डेन जाेशिपुर र रघुनाथ आदर्श स्कुल घैला बाैनिया प्रतिस्पर्धा गर्नेछन् । उल्लेखित सम्पूर्ण खेलहरु छात्र तर्फका रहनेछन्।

__________ विज्ञापन____________

पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा जिल्ला भित्रका सामुदायिक र संस्थागत गरि ३२ छात्र र १६ छात्राका टिम सहभागी रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार स्वरूप प्राप्त गर्ने छ । यस्तै द्धितिय हुने टिमले नगद रु. ३१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले पुरस्कार स्वरुप नगद रु ५ हजार ५ सय प्राप्त गर्नेछन ।

यस्तै प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गाेल रक्षक, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडी हरुले समेत पुरस्कार स्वरुप नगद रु. ३ हजार १ सय रुपैयाँ प्राप्त प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।

यस्तै प्रतियोगिताको दोस्रो चरणका खेलहरुमा प्लेयर अफ द म्याच हुने खेलाडी लाई नगद रु. ५ सय रुपैयाँ प्रदान गरिएको छ । सम्पूर्ण पुरस्कार हरु छात्र तथा छात्रा दुवै बिधामा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

छतिवना सामुदायिक वन२३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कार्यसम्पादनमा उत्कृष्ट धनगढी, दोस्रो जानकी ,बर्दगोरिया तेस्रो र अन्य पालिका को के भयो?

जोशीपुर गाउँपालिकाको १३ औ गाउँसभा को पहिलो बैठक सम्पन्न

चिसापानी देखि गड्डाचौकी सम्म ६ लेन सडक हुने मन्त्री देउबा

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

बर्दगोरियाले थाल्यो “देहावसान सहानुभूति अभियान” पहिलो दिन दुई परिवारलाई सहानुभूति रकम

आमा छोरी मृत अवस्था फेला

ट्याक्टर बाट खसेर एक महिला को भयो मृत्यु