शिखर धवनले एनपीएलका बाँकी खेल नखेल्ने
विज्ञापन
No data was found

काठमाडौं । कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन् ।

__________ विज्ञापन____________

कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो । ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किनेछन् ।

__________ विज्ञापन____________

कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर स्वदेश फर्किन लागेका छन् ।

__________ विज्ञापन____________
No data was found

‘उहाँको ११ तारिखपछि अर्को टुर्नामेन्ट रहेछ । उहाँ मार्की प्लेयर हुनुहुँदो रहेछ । हाम्रो गेम भोलि या पर्सि भएको भए उहाँ खेल्नुहुन्थ्यो, तर १० तारिखमा त उहाँ जानुपर्ने भएकाले आगामी खेल खेल्नुहुन्न’, उनले भने।

शिखरको ठाउँ अर्को खेलाडी लिने वा नलिने भन्ने विषयमा प्रशिक्षकले निर्णय लिने घिमिरेले बताए ।

एनपीएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए । उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए ।

४ खेल खेलेको कर्णालीले २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री शाहाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर राजीनामा दिन निर्देशन

दैलेखमा सरकारी कार्यालयको छड्के अनुगमन

सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड बराबरको बजेट

बर्दगोरिया ४ मा तेस्रो वडा अध्यक्ष वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु – वडा अध्यक्ष शाहीले गरे उद्धाटन

५२ करोड नाघ्यो लम्कीचुहाको बेरुजुः राजनीतिक दलले उठाए सुशासनको प्रश्न

सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ पुग्यो

केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु

दैलेखमा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु