फुटबल प्रतियाेगिताकाे तयारि पूरा , मुख्यमन्त्री शाहले उद्धघाटन गर्ने
विज्ञापन
No data was found

राजेन्द्र रावल मंसिर २१, बाैनिया

__________ विज्ञापन____________

बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा आज बाट सुरु हुन लागेको कैलाली जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे सम्पुर्ण तयारी पुरा भएको आयाेजकले जानकारी दिएको छ । आयाेजकका अनुसार प्रतियाेगिता उद्धघाटन अगाडि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएको हाे ।

__________ विज्ञापन____________

कार्यक्रमकाे उद्धघाटन सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमकाे उद्धघाटन समारोहमा बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर, लम्किचुहा नगरपालिका प्रमुख शुसिला शाही , घाेडाघाेडि नगरपालिका प्रमुख खडक रावत लगायतको सहाभागिता रहनेछ ।

 

यस्तै प्रतियोगिता उद्धघाटनका दिन आज दुई खेल हुने समेत आयाेजकले जानकारी दिएको छ । जसमा छात्रा नव बाल बाटिका बिद्या मन्दिर बाैनिया र कैलाली गुरुकुल लम्किले प्रतिस्पर्धा गर्दा छात्र तर्फकाे पहिलो खेलमा बसन्त मुरारी नमुना माध्यमिक बिद्यालय बाैनिया र पानसदिप लम्किले प्रतिस्पर्धा गर्नेछन् ।

आज बाट सुरु भएको प्रतियोगिता पुस ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा जिल्ला भित्रका ३२ छात्र र १६ छात्राका टिम सहभागी छन् ।

प्रतियोगिताकाे छात्र तर्फ सहभागी ३२ टिमहरुमा नव बाल बाटिका बिद्या मन्दिर , बसन्त मुरारी नमुना माध्यमिक बिद्यालय , जगततारा इंग्लिस स्कुल , महाेन्याल माध्यमिक बिद्यालय , बालकन्या माध्यमिक बिद्यालय , कालिका माध्यमिक बिद्यालय , नाेबेल एकेडेमी , द शनराइज माध्यमिक बिद्यालय , जगदम्बिके भगवती माध्यमिक बिद्यालय र आदर्श सामुदायिक बिद्या मन्दिर बर्दगाेरिया गाउपालिकाबाट सहभागी बिद्यालय हुन भने लम्किचुहा नगरपालिका बाट उज्यालो शिक्षा सदन,पानसदिप स्कुल , पायनियर्स स्कुल, कैलालि गुरुकुल, राष्ट्रिय नमुना माध्यमिक बिद्यालय , क्याम्ब्रिज स्कुल , जनप्रभात माध्यमिक बिद्यालय , कृष्ण माध्यमिक बिद्यालय र ग्लोबल एकेडेमी छन भने टिकापुर नगरपालिका बाट युनाइटेड एकेडेमी , कर्णाली माध्यमिक बिद्यालय सत्ति , कर्णाली माध्यमिक बिद्यालय टिकापुर, आर.एम.इ स्कुल र खडक मेमोरियल छन् भने जाेशिपुर गाउपालिकाबाट रघुनाथ माध्यमिक बिद्यालय र हेवन गार्डेन हुदा घाेडाघाेडि नगरपालिकाबाट , राष्ट्रिय माध्यमिक बिद्यालय तारानगर , राष्ट्रिय माध्यमिक बिद्यालय देउकलिया , कान्ति राज्य लक्ष्मि माध्यमिक बिद्यालय र पायाेनियर स्कलर्स सहभागी हुदा गाैरिगंगा नगरपालिकाबाट माेरल नेप्लिज , गाेदावरि नगरपालिका बाट सत्यवति एकेडेमी सहभागी छन् ।

उता प्रतियोगितामा सहभागी १६ छात्रा टिमहरुमा बर्दगाेरिया गाउपालकाबाट नव बाल बाटिका बिद्या मन्दिर , बसन्त मुरारी नमुना माध्यमिक बिद्यालय , आदर्श सामुदायिक बिद्या मन्दिर , जगत तारा इङ्गलिस स्कुल, जगदम्बिके भगवती माध्यमिक बिद्यालय , कालिका माध्यमिक बिद्यालय र मार्ग दर्शन एकेडेमी सहभागी हुदा लम्किचुहा नगरपालिकाबाट पानसदिप स्कुल, पायाेनियर्स स्कुल , कृष्ण माध्यमिक बिद्यालय , उज्यालो शिक्षा सदन, बाल कल्याण माध्यमिक बिद्यालय र कैलाली गुरुकुल सहभागी हुदा टिकापुर नगरपालिका बाट माउन्ट सैपाल इन्टरनेशनल र कर्णाली माध्यमिक बिद्यालय सहभागी हुदा सत्यवति एकेडेमी गाेदावरि नगरपालिका बाट सहभागी छन् ।

 

 

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार स्वरूप प्राप्त गर्ने छ । यस्तै द्धितिय हुने टिमले नगद रु. ३१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले पुरस्कार स्वरुप नगद रु ५ हजार ५ सय प्राप्त गर्नेछन ।

 

यस्तै प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गाेल रक्षक, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडी हरुले समेत पुरस्कार स्वरुप नगद रु. ३ हजार १ सय रुपैयाँ प्राप्त प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।

 

यस्तै प्रतियोगिताको दोस्रो चरणका खेलहरुमा प्लेयर अफ द म्याच हुने खेलाडी लाई नगद रु. ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । उल्लेखित सम्पूर्ण पुरस्कार हरु छात्र तथा छात्रा दुवै बिधामा प्रदान आयोजक कमिटी सदस्य ललिता भट्टले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

छतिवना सामुदायिक वन२३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कार्यसम्पादनमा उत्कृष्ट धनगढी, दोस्रो जानकी ,बर्दगोरिया तेस्रो र अन्य पालिका को के भयो?

जोशीपुर गाउँपालिकाको १३ औ गाउँसभा को पहिलो बैठक सम्पन्न

चिसापानी देखि गड्डाचौकी सम्म ६ लेन सडक हुने मन्त्री देउबा

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

बर्दगोरियाले थाल्यो “देहावसान सहानुभूति अभियान” पहिलो दिन दुई परिवारलाई सहानुभूति रकम

आमा छोरी मृत अवस्था फेला

ट्याक्टर बाट खसेर एक महिला को भयो मृत्यु