बाेैनियाको धमाला बस्त्रालयमा आगलागी ३ जना घाइते ८० लाख बराबर को क्षति
विज्ञापन
No data was found

१९ मंसिर /कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ स्थित बौनियामा बजारमा रहेको धमला ट्रड एण्ड सप्लायर्समा गएराति आगलागी भएको छ ।

__________ विज्ञापन____________

राति करिव साढे ८ बजेको समयमा अचानक ट्रड एण्ड सप्लायर्सको माथिल्लो तलाका रहेको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगो करिव १ः३० घण्टा पछि टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय सड्कपुर बौनियाँ, सशस्त्र बेस क्याप झगडपुर, र स्थानीयको सहायतामा नियन्त्रण लगिएको प्रहरीले जनाएको छ ।

__________ विज्ञापन____________

आगो नियन्त्रणमा लिने क्रममा स्थानीय टंक जोशी र इलाका प्रहरी कार्यालय बौनियाका १ जना प्रहरी जवान सामान्य घाइते भएका छन ।

यस्तै घर भित्रै रहेका धमला ट्रड एण्ड सप्लायर्सका सञ्चलाक द्वारिका प्रसाद धमलाका ८२ वर्षीय बुवा मोती प्रसाद धमला आगोमा निसासिएर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागी कसरी भयो ? क्षति कति भयो ? भन्ने बारेमा अहिले नै पूर्ण विवरण आई नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

छतिवना सामुदायिक वन२३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कार्यसम्पादनमा उत्कृष्ट धनगढी, दोस्रो जानकी ,बर्दगोरिया तेस्रो र अन्य पालिका को के भयो?

जोशीपुर गाउँपालिकाको १३ औ गाउँसभा को पहिलो बैठक सम्पन्न

चिसापानी देखि गड्डाचौकी सम्म ६ लेन सडक हुने मन्त्री देउबा

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

बर्दगोरियाले थाल्यो “देहावसान सहानुभूति अभियान” पहिलो दिन दुई परिवारलाई सहानुभूति रकम

आमा छोरी मृत अवस्था फेला

ट्याक्टर बाट खसेर एक महिला को भयो मृत्यु