एनपीएल ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा

१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी आज अनावरण गरिएको छ । धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

__________ विज्ञापन____________

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए । यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए ।

__________ विज्ञापन____________

आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए । ट्रफी अनावरण कार्यक्रममा उनीहरुलाई खादा ओढाएर सम्मानसमेत गरिएको छ ।

__________ विज्ञापन____________

एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु भई पुस ६ गते सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न