जानकी गाउँपालिकामा अँट्वारी शुभकामना आदान प्रदान कार्यक्रममा सटपुट प्रतियाेगिता सम्पन्न
विज्ञापन
No data was found

दुर्गौली/ कैलालीको जानकी गाउँपालिकामा थारु समुदायको अँट्वारी र अनट्टा पर्वको अवसरमा शुभकामना आदान प्रदान, पौराणिक नाच, अँट्वारी पर्वमा पुजा गर्ने भेवाँ (भीम) को सम्झनामा सटफुट प्रतियोगिता सम्पन्न भएको छ।

__________ विज्ञापन____________

शिक्षा, स्वास्थ्य कृषि र वातावरण मैत्री पूर्वाधार, पहिचान सहितको जानकी गाउँपालिका विकासको पूर्वाधार भन्ने मूल नारा रहेको गाउँपालिकाले आफ्नै आयोजनामा विभिन्न समुदाय विचको संस्कृति संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि कार्यक्रमको आयोजना गरेको हो ।

__________ विज्ञापन____________


जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा थारु संस्कृति अध्ययनकर्ता नाथुराम चौधरीले अँट्वारी तथा अनट्टाको विषयमा ऐतिहासिक विश्लेषण गरेका थिए । थारु समुदायमा अँट्वारी र अनट्टाको महत्व र यसलाई नयाँ पिडिमा हस्तान्तरण आवश्यक छ । उनले भने ।

__________ विज्ञापन____________

कार्यक्रममा थारु समुदायको पौराणिक नाच झुम्रा, रट्ठहवा, बन्द्रहुवा, हुर्डुङ््गवा, धमार, सखिया, छोक्रा नाच प्रस्तुत गरिएको थियो भने मुस्लीम समुदायहरुले पनि आफ्नो प्रस्तुती राखेका थिए ।


गाउँपालिकाको नारालाई सार्थकता दिन, स्थानिय स्तरमा विकास गर्न, पहिचान सहितको विकासको पूर्वाधार तर्फ पालिकालाई डो¥याउन पालिकाले गरिरहेको पहल र प्रयासबाट स्थानियले प्रत्येक्ष रुपमा बुझ्ने मौका पाएको गा.पा. अध्यक्ष गणेश चौधरीले बताउनु भयो । जानकी गाउँपालिकोका हरेक कार्यक्रम जनता मुखी छ । कार्यक्रममा प्रस्तुत भएका सांस्कृतिक झाँकीमा नयाँ पुस्ताको सहभागिता कम देखिएको भन्दै पुस्तान्तरणमा समस्या भएकोले यस तर्फ स्थानिय सरकारको ध्यानाकर्षण भएको पनि वहाँले बताउनु भयो ।

जनप्रतिनिधि र कर्मचारीहरु पालिकाको समृद्धिका लागि एक सिक्काका दुई पाटा हुन भन्ने पनि अध्यक्ष चौधरीले बताए ।
त्यसै गरि थारु समुदायको कला, कृति, खानाका परिकार पक्वान् पकाउन जाने पनि उनिहरुको प्रमाण पत्र नभएकोले प्रशिक्षकका लागि समस्या भएको गा.पा. उपाध्यक्ष लालमति कठरियाले बताउनुभयो । मादल बचाउने मंडरिया, गाना गाउने मोर्हिया, खानाका परिकार बनाउने भन्सरीयाको कुनै प्रमाण पत्र नभएकोले उनिहरुलाई आधिकारीक रुपमा कसरी विज्ञ भन्ने विषयमा समेत वहाँले आफ्नो बक्तव्य दिनु भएको थियो ।


जस्मा जिपात तिरुवा तृतिय, सुशिला थारु चौधरी द्धितीय र भगवती भातले ९.७४ मिटर सटफुट थ्रो गरि प्रथम स्थान हासिल गर्नु भएको छ । भने १३ जना सहभागि जनाएको थिए । जस्मा ज्ञान बहादुर चौधरी तृतीय, आशिक चौधरी द्धितीय र करण थापाले १२.३३ मिटर सटफुट थ्रो गरि प्रथम स्थान हासिल गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

भोलि देशभरका डाक्टरले जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

लम्कीचुहामा विपन्नका हातमा पक्की घरको साँचो : घर नै पाइए, अरु के खाँचो ?

दैलेखमा कक्षा १२ को परीक्षा केन्द्राध्यक्षहरुले दिए राजीनामा

दुल्लु अस्पतालमा सिटामोल अभाव

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

*लम्कीचुहामा वितरण हुँदै राष्ट्रिय परिचय पत्र : ३२ हजारले पाउने*

वालविवाह र छाउपडि विरुद्ध चामुण्डाबिन्द्रासैनीमा बालिका सम्मेलन

अध्यक्ष कर्णबहादुर कुँवरद्वारा वडा कार्यालय उद्घाटन