बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा बिहिबार तिज कार्यक्रम हुने,

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारी तीज मिलन बिशेष साँस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालय पृथ्वीपुरको आर्थिक सहयोगमा गुराँस मुल समितिको आयोजनामा बिहिवार (भोलि) हरितालिका तीज मिलन विशेष साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

__________ विज्ञापन____________

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको शुभकामना आदनपर्दान तथा सस्कृतिको संरक्षणको लागि यो कार्यक्रम गर्न लागिएको आयोजक समितिले जनाएको छ । वडा नम्बर ६ स्थित कृषि हाटबजारमा बिहिवार बिहान ११ बजे कार्यक्रमको उद्घाटन गरिने भएको छ । आयोजकका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

__________ विज्ञापन____________

खासगरी  हराउँदै गएको मौलिकता ,परम्परा ,तीजको मर्यादा ,पर्वको महत्वलाई यथोचित रुपमा सम्बर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु( रन्जित) ले जानकारी दिए । उनले वडा स्तरीय तीज मिलन बिशेष साँस्कृतिक कार्यक्रममा उपस्थित भई कार्यक्रमको सोभा बढाइ मनोरञ्जन लिन सबैलाई आग्रह गरे ।

__________ विज्ञापन____________

यो वर्ष हरितालिका तीज भने भदौ २१ गते परेको छ । यसपटक पनि हरितालिका तीजको पुर्व सन्ध्याको अबसर पारी विभिन्न स्थानमा तीज मिलन विशेष शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम भइरहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

“११३ रनमै सिङ्गापुर सिध्यायो, नेपालले फेरि लेख्यो इतिहास!”

दैलेखमा बोलेरो दुर्घटना: चालकको सतर्कताले यात्रु सकुशल

सहकार्य, आत्मनिर्भरता, समावेशीता र सामाजिक न्याय जस्ता मूल्यहरूमा आधारित संस्था हो– सहकारी

सुदूरपश्चिम सरकारबाट बर्खास्त मन्त्री अख्तियारको छानविनमा, करोडौँ कमिसन उठाएको आरोप

सुर्खेतमा ट्रकको ठक्करबाट स्करपियो नालामा पल्टियो: यात्रु सकुशल

नेपाल इस्ट जोन कपको फाइनलमा प्रवेश

दैलेखको झुप्रेसालमा अटो दुर्घटना, एक महिला घाइते

कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरूलाई सतर्क रहन आग्रह