घैटाफाेडकाे पुरस्कार प्रायाेजन मल्ल द्धारा
विज्ञापन
No data was found

भदौ ९, बाैनिया: सहयाेगि बेलुवा युवा क्लब बर्दगाेरिया गाउपालिका ५ काे आयाेजनामा कृष्ण जन्माष्टमि पर्वकाे आयाेजनामा हुने बिबिध कार्यक्रम अन्तरगतकाे भुइघैटाफाेड तर्फकाे पुरस्कार प्रायाेजन प्रमाेद मल्लले गर्ने भएका छन् । जसको पुरस्कार नगद रु तीन हजार पाँच सय पचपन्न रुपैया रहेको छ (३,५५५) ।

__________ विज्ञापन____________

प्रमाेद मल्ल बर्दगाेरिया गाउपालिका वडा नम्बर २ मा अवस्थित नव बाल बाटिका बिद्या मन्दिरका संस्थापक हुन । मल्ल बिगत लामाे समय देखि यश क्षेत्रमा सञ्चालन हुदै आइरहेका विभिन्न सामाजिक गतिविधिमा क्रियासिल रहदै आएका छन् । मल्ल स्वयं काे व्यत्तिगत पहलमा समेत बर्दगाेरिया गाउपालिमा शुदुरपश्चिम प्रदेशकै सर्वाधिक ठुलो पुरस्कार राशिको बिद्यालय क्रिकेट प्रतियोगिता काे आयाेजना हुनुका साथै गत बर्ष मात्र प्रथम मुख्यमन्त्री पालिका स्तरिय फुटबल प्रतियोगिताकाे आयाेजना भैसकेको छ ।

__________ विज्ञापन____________

मल्लकै पहलमा केही बर्ष अगाडि बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ काे एक टाेलमा बाटाे ग्राबेलकाे कार्य समेत भएको थियो । मल्ल यश पालिकामा मात्र नभएर समग्र जिल्लामा हुने विभिन्न सामाजिक क्रियाकलाप हरुमा सक्रिय रहदै आउनु भएको छ ।

 

मल्लले बताए अनुसार आफू युवा भएका कारण युवा युवाहरूले गर्ने हरेक गतिविधिमा आफुले सानाे भए पनि सहयोग गर्ने पाउँदा आत्मासन्तुष्टि मिल्ने बताउदै यश कार्यले आगामी दिनमा समेत निरन्तरता पाउने बताउनुभयो । मल्लले सञ्चालन गरिरहेको बिद्यालयमा समेत करिब ३० काे हाराहारीमा गरिब एवम् असाहय बिद्यार्थी हरुलाइ निशुल्क शिक्षा प्रदान गर्दै आउनुभएको छ । मल्लले यश अगाडि सडकपुर बाैनिया युवा क्लबको आयाेजनमा भएको खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियाेगिताकाे एउटा संस्करणकाे आर्थिक संयाेजककाे रुपमा समेत आफ्नो भुमिका निर्बाह गरि सक्नु भएको छ ।

       

मल्ल अहिले नब बालबाटिका बिद्या मन्दिरका संस्थापक, बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टस प्रालिका अध्यक्ष लगाएत अन्य विभिन्न संघ संगठन हरुमा समेत सक्रिय रहनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बौनिया स्केटिङ्ग पार्क संचालनमा ,पालिका उपाध्यक्ष गिरिले गरे उद्घाटन

बर्दगोरिया गाउँपालिका देखि मोहन्याल गाउँपालिका वडा नं १ तल्लापानी जाने बस सेवा सुरु..

खुल्ला क्रिकेट प्रतियोगिता सुरु आयाेजककाे विजयी सुरुवात

नवजीवन सहकारीको जोशीपुरमा सहकारी सचेतना कार्यक्रम सम्पन्न

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल बर्दगोरिया गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न….

राजमार्गमा दृष्य एक, पीडा अनेक

३ दिन झण्डा आधा झुकाइनेम्झनामा राष्ट्रिय शोक घोषणा, ३ दिन झण्डा आधा झुकाइने

देशभर बाढीपहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता