बर्दगोरिया-६ मा गुरही असरैना कार्यक्रम सम्पन्न (तस्बिर)
विज्ञापन
No data was found

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर -६ मा “थारु भाषा, सांस्कृति हमार पहिचान; संरक्षण ,संवद्वन कर्ना हमार अभियान ” भन्ने नाराका साथ थारु समुदायको पहिलो तिहार ( गुरिया )गुरही असरैना कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

श्री जनजागरण युवा क्लबको उपाध्यक्ष सरिता चौधरी ज्युको साभा अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका ६ न वडाका अध्यक्ष रामकृष्ण डगौरा अतिथि बर्दगोरिया गाउँपालिका ६ न वडासदस्य अमर सिंह दहित , हिक्मात काठयत , धनसारा सुनार,श्री कोटातुल्सिपुर ग्रा.वि.स का अध्यक्ष प्यारेलाल डगौरा,श्री नव ज्योति ग्रा.वि.स अध्यक्ष श्याम नारायण चौधरी सामाज सात्रि डा. राम बहादुर चौधरी लगायत रहेका थिए ।

__________ विज्ञापन____________
No data was found

 

कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले युवा क्लबले आफ्ना पुराना परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

उनले भने – “हामी सबैले आफ्नो कला संस्कृतिको जगेर्ना गर्न आआफ्नो स्थान बाट हुने सहयोग गर्न जरुरी रहेको छ । पछिल्लो समयमा युवाहरूले आफ्नो परम्परागत कला संस्कृति बिर्सिएर विदेशी रहनसहन तथा विदेशी कला संस्कृतिलाई बढी प्राथमिकता दिएको देखिन्छ । उनीहरुलाई विदेशी रहनसहन तथा विदेशी कला संस्कृति बाट टाढा राख्दै आफ्नो परम्परागत रीतिरिवाज, कला संस्कृतिमा रमाउन सिकाउनका लागि यस्ता कार्यक्रमको प्रमुख भुमिका रहने गर्छ ।

 

आफ्नो कला संस्कृतिको जगेर्ना गर्न आम सम्पुर्ण युवा पुस्ता एक भइ आफ्ना पौराणिक कला संस्कृति झल्कने यस्ता कार्यक्रम गर्न अति आवस्यक छ । स्थानीय सरकारले अन्य चाडपर्व लाई जस्तै थारु समुदायको पहिलो तिहार गुरही पर्वलाई पनि विशेष रुपमा हेर्ने गरेको छ । जस अनुसार आज पालिकाले १ दिन सार्वजनिक विदा दिएको बताए ।

यस्तै कार्यक्रम अतिथिको आसन बाट सम्बोधन गर्दै सामाज सात्री डा.राम बहादुर चौधरी ले अन्य साँस्कृतिक कार्यक्रम जस्तै यो गुरही पर्वलाई पनि पालिकाले विशेष महत्त्व दिएको छ । गुरही पर्वमा गुरही असरैना कार्य पूरा गरेमा बालबालिकामा रोगव्याधी नलाग्ने र लागेको भए निको हुने गरेको जनविश्वास रहेको थारु अगुवा चौधरीले बताउनुभयो । खेतीपातीको कामपछि थारु समुदायको यो पहिलो पर्व रहेको जनाउँदै उहाँले संस्कृति संरक्षण र युवा पुस्तालाई गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा थारु समुदायका कला संस्कृति झल्काउने लेहेङ्गा, चोली, धोती को पहिरन सहित राष्ट्रिय तथा स्थानीय कलाकार हरुले गित तथा नाचको माध्यमबाट आफ्नो प्रस्तुति देखाएका थिए।

 

यस्तै कार्यक्रमलाई सफल पार्न आआफ्नो स्थान बाट सहयोग गरेको भन्दै युवा क्लबले सहयोगी दाताहरूलाई सम्मान समेत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री शाहाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर राजीनामा दिन निर्देशन

दैलेखमा सरकारी कार्यालयको छड्के अनुगमन

सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड बराबरको बजेट

बर्दगोरिया ४ मा तेस्रो वडा अध्यक्ष वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु – वडा अध्यक्ष शाहीले गरे उद्धाटन

५२ करोड नाघ्यो लम्कीचुहाको बेरुजुः राजनीतिक दलले उठाए सुशासनको प्रश्न

सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ पुग्यो

केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु

दैलेखमा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु